तिमी जलिरहँदा तिम्रो छटपटीमा तिम्रा मौन बिलौनाहरुको बिरही धुनमा म आँखा चिम्लेर कान थुन्न सकिनँ आमा ! चरक्क चिरिएको तिम्रो छातीलाई हेरेँ भोक, रोग र शोकका असङ्ख्य पीडा कोचिएका समता, समावेशी र ममतामयी कोठारहरुमा राक्षेसी दानव र सकुनीहरुले निर्वाद परेड खेलिरहेका थिए । जनजीवनको दैनिकीलाई बिच बाटोमै रोक लगाउँदै बिचौलियाहरु तण्डव नृत्यमा रमाउँदै थिए निरीह तिम्रा सर्वाङ्ग काखेहरु बिन्तिका कर जोडेर भस्मासुरहरुको अगाडि हाहाकारको आर्तनाद अलाप्दै थिए मैले देखँे सगरमाथा तिम्रो पाउमा झुकिरहेको मेचीकाली कंकला शब्दमा क्रान्तिको डाको कलास्दै थिए । वीरता र पराक्रमको इतिहास बोकेको मेरो देश चन्द्रसूर्य अङ्कित रक्तिम ध्वजा हल्लाएर मुक्तिको बाटो रोजेँ आमा हो आमा ! सहिदको सहास लिएर बलिदानलाई खोजेकै हो तिमीलाई स्वर्ग बनाउन मैले मृत्यु रोज्नै पर्यो । म सुन्छु र निरन्तर सुनिरहन्छु अमरसिंह र भक्ति थापाहरु खाडीको तातोमा डामिन्छन् रे ! सिता र भृकुटीहरु विदेशमा भाडा माझ्दै छन् रे ! तिम्रो स्वामित्व पनि कसैलाई सुम्पने होडवाजी चल्दै छ भन्छन् खण्डन बिखण्डन् र तानातान अरु के के हो के के ! मैले यो पनि सुनेको छु आमा ! तिम्रो शिरमाथि फेरि रातो सूर्य उदाउन लाग्दै छ रे ! त्यो उदाओस् छिट्टै उदाओस् त्यो आगो ओकल्दै आउनुपर्छ बेथिति बिकृति र बिसङ्तिलाई खरानीमा रुपान्तरण गरोस् । ढिला भइसक्यो आमा ! भोलि बिहानको कुखुरी काँसँगै दैलोको सँघारमा रातो माटो पोतेर त्यसलाई स्वागत गर आमा ! म त्यसको प्रतीक्षामा आतुर बनेर बसेको छु नयाँ दिनलाई मेरो अग्रिम सलाम । (उदयपुर,ताप्ली ५)