दु:ख अन्तको भाषा थियो र भाषाको अन्त थियो दु:ख अन्धकारको व्याकरण थियो अनि व्याकरणको अन्धकार थियो दु:ख एक्लो पनको चित्कार र एउटा चित्कारको एक्लोपन थियो । दु:ख भित्री गुफाको निरुद्देश्य खोजले भरिएको यात्रा थियो दु:ख एक्लै भोगिने एउटा स्वार्थपूर्ण कामना थियो । दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो बगाइएको आँसुको एउटा धर्को थियो । दु:ख धेरै कुरा जान्नु थियो अनि निरन्तर जान्नु र मात्र जान्नु थियो । दु:ख आत्मामा एउटा अपरिहार्य दाग थियो संसारका सारा अपूर्ण कामनाहरूको हल्लिरहेको छायाँ थियो सबैभन्दा ठुलो दु:ख नै थियो यो कुरा थाहा भयो फेरि पनि त्यो बुझ्नुको दु:ख थियो अनि यो नबुझ्नुको पनि दु:ख थियो- दु:खको कारण के हो ? (भारत)