म अरुको सही र लगत देख्छु सहमतिभित्र प्रसस्त विमति देख्छु अनि गलतभित्र पनि मत देख्छु म कहाँ छु ? आफैँ सही छु वा गलत छु ? हमेसा असन्तुष्ट छु । मैले पूर्णिमाको खुला रातमा आकाशतर्फ हेर्दा चन्द्रमाले दिएको आनन्दको टहक हेरेर खुशी मनाइरहँदा म उसैभित्र शितलता खोज्छु समुद्रको पानी उठाएर Read more
कविता पढ्दै हुनुहुन्छ एक्लै बसेर त्यसैले तपाईं मेरा प्रिय पाठक अर्थ खोतल्ने तिर पटक्कै नजानुहोस् अर्थले ध्वस्त पार्दछ कविताको निर्माण । किनकि कविताले छेक्न सक्दैन भूँडीको हाहाकार सुकेका पातहरूमा पानीका थोपाहरू उमार्न सक्दैन काँढा भित्रको गुलाबको छवि कुनै विधवाको रित्तो सिउँदोमा सिउरेर । मेरा अनुरागी पाठकहरु कविता पढेर तपाई मक्ख Read more
परदेश लाग्नु पनि युद्दको मैदानमा जानु जत्तिक्कै रहेछ कष्टकर फरक यत्ति हो युद्दमा हातहतियार,गोलीगट्ठा,खरखजना र सहयोद्दाहरुको साथ हुन्छ परदेशमा खाली आफ्नो कर्म,भाग्य,हातपाखुरा र भगवानको भर हुन्छ तर यी दुवै रहर नभएर कहर रहेछन् परदेश र युद्द । परदेशीहरु घर छोडेपछि परदेशी हुन्छन् घरदेशले परदेश जान बाध्य बनाएपछि परदेशी हुन्छन् परदेशिनु Read more
लिलिथको कोखबाट जन्मिने तिमी, म तिम्रो कोखाबाट कसरी बनेँ, तिम्रो सत्ताको पैतालाहरूले ढाकिएको मेरो इतिहास हेर, म त्यहीं छु, ठीक माथि, जहाँबाट तिमी होंचिएको छौ, आफ्नै हीनताले, जसरी होंचिएका थिए राम, सीता धरतीमा खस्दा जसरी होंचिएका थिए पाण्डव द्रौपदीको खुल्ला चुल्ठो हाँस्दा, जसरी होंचिएका थिए विष्णु वृन्दाको सतीत्व छुँदा, र Read more
जिउँदो मानिस मुर्दा ठानी फालिदियो कसले लाशलाई मान्छे भनी श्वास हालिदियो कसले ? बृध्दबृध्दा मातापितालाई बृध्दाश्रममा राखी मरेपछि दागबत्ती मुहारमा बालिदियो कसले ? अरूकै इशारामा नाची घरबार जलाउनेलाई पर्दाभित्रै बसी चाल उल्टो चालिदियो कसले ? किन सुक्यो प्रेमधारा कहाँ गयो त्यो संवेदना आरनमा मुटुकलेजी राखी गालिदियो कसले ? आरावालझैँ काटी Read more
म मात्र एउटा खुला किताब हुँ खुला किताब चाहे जसरी व्याख्या गर त्यो तिम्रो अधिकार भो व्याख्या गर्नु तिम्रो अधिकार भो म एउटा खुला किताब हुँ किताबभित्रका अक्षरहरु चस्मा लगाएर पढ कि नलगाएर पढ चाहे महिलावादी भएर व्याख्या गर चाहे मार्क्सवादी भएर व्याख्या गर चाहे समाजवादी बनेर व्याख्या गर Read more
वर्षौंदेखि मिहेनत गर्दै आएका, मेरा बा का खुट्टा चिराचिरा परेर फाटेका छ्न । आज तपाईं एउटाले छोड्दा दिल फाट्यो भन्नु हुन्छ, मेरा बा ले मेरा निम्ति सवै छोड्दा पनि, उहाँका हात फाटे, खुट्टा फाटे तर दिल फाटेन् किनकि त्यो दिल म थिए । बा मलाई माफ गर्नुहोला, आज तपाईंको दिल Read more
चुडाल सम्बन्धका तुइनहरु गरिराख अत्याचार सिमानामा रामबिलासहरु बन्दी बनाइराख, जय सिंहहरु बेपत्ता पार्दै जा, अझै चोट दे अझै पिडा दे तर यो सम्झिराख यो देशमा कायरताको बिज्ञप्ति निकाल्ने दिलेन्द्र बडुहरु मात्र छैनन् यो देसमा गोबिन्द गौतम जस्ता राष्ट्रीयताको रगत बगाउने बिर सपुत पनि छन ! तेरो चौडा छातिमाथि बेलायतिका बुट Read more
सानी हुँदा बाबा भन्नुहुन्थ्यो छोरी भएपछि एकदिन माइतघरको सङ्घार नाघेर पराय घर जानुपर्छ। म सम्झन्थेँ- सङ्घार नाघ्नु छोरीको कर्तव्य रहेछ। अब अहिले सासुआमा भन्छिन् आफूखुसी सङ्घार नाघेर हिँडनु हुन्न छोरी मान्छेले। सङ्घार छोरी मान्छेको निम्ति कुन जङ्घार हो तर्नु हुन्छ कि हुन्न ? छोरोको निम्ति यस्ता सङ्घार कति छन् ? Read more
( १ ) जता हेर्यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ । ( २ ) ओठ तालु सुके पाइला गल्ने भयो अब फेरि असन्तुष्टिको राँको बल्ने भयो अब जतिसुकै Read more