जिउँदो मानिस मुर्दा ठानी फालिदियो कसले लाशलाई मान्छे भनी श्वास हालिदियो कसले ? बृध्दबृध्दा मातापितालाई बृध्दाश्रममा राखी मरेपछि दागबत्ती मुहारमा बालिदियो कसले ? अरूकै इशारामा नाची घरबार जलाउनेलाई पर्दाभित्रै बसी चाल उल्टो चालिदियो कसले ? किन सुक्यो प्रेमधारा कहाँ गयो त्यो संवेदना आरनमा मुटुकलेजी राखी गालिदियो कसले ? आरावालझैँ काटी हिँड्छ अरूका खुसीहरू आफ्नै ह्रदयको कल्पवृक्ष ढालिदियो कसले ? स्वर्ग नरक भ्रमजाल हो जीवन मस्त जिऔं नर छोडी मूर्ती पुज्ने प्रथा थालिदियो कसले ? (झापा)