म मात्र एउटा खुला किताब हुँ
खुला किताब चाहे जसरी व्याख्या गर
त्यो तिम्रो अधिकार भो
व्याख्या गर्नु तिम्रो अधिकार भो
म एउटा खुला किताब हुँ
किताबभित्रका अक्षरहरु
चस्मा लगाएर पढ कि
नलगाएर पढ
चाहे महिलावादी भएर व्याख्या गर
चाहे मार्क्सवादी भएर व्याख्या गर
चाहे समाजवादी बनेर व्याख्या गर
तर म एक खुला किताब हुँ
चाहे अनिश्वरवादी भएर पढ
चाहे ईश्वरवादी भएर पढ
तर म एक खुला किताब हो
जसरी पढ जुन तरीकाले व्याख्या गर
त्यो तिम्रो अधिकार भो
मात्र एउटा बिन्ती
खुला किताब भएपनि
मेरो पाना भित्रका अक्षर नच्यात है
मेरो गातो नच्यात है
किन कि मेरा अक्षरहरु तिमीले नबुझ्न सक्छौ
तिम्रा सन्ततीले बुझ्न सक्छन् कि !
के थाहा खुला किताबबाट बिशाल
नयाँ इतिहास रचना निर्माण हुन्छ कि
तिमीलाई झर्को लाग्ने खुला किताब
के थाहा भोलिको नयाँ वाद हुन्छ कि ?
(पोलैण्ड)