( १ ) जता हेर्यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ । ( २ ) ओठ तालु सुके पाइला गल्ने भयो अब फेरि असन्तुष्टिको राँको बल्ने भयो अब जतिसुकै ठूलो स्वरमा चिच्याएर कराऊ स्वेच्छाचारी शासनसत्ता ढल्ने भयो अब । ( ३ ) छुटिनु थियो भने प्रेमको नाटक किन गर्यौ सुखमा ठिकै थियो दु:ख पर्दा पर पर सर्यौ आफ्ना भए भरका कमजोरीहरू लुकाएर निर्दोष ठहरिन समाजको सामुन्ने भ्रम छर्यौ । (बागलुङ)