सानी हुँदा बाबा भन्नुहुन्थ्यो छोरी भएपछि एकदिन माइतघरको सङ्घार नाघेर पराय घर जानुपर्छ। म सम्झन्थेँ- सङ्घार नाघ्नु छोरीको कर्तव्य रहेछ। अब अहिले सासुआमा भन्छिन् आफूखुसी सङ्घार नाघेर हिँडनु हुन्न छोरी मान्छेले। सङ्घार छोरी मान्छेको निम्ति कुन जङ्घार हो तर्नु हुन्छ कि हुन्न ? छोरोको निम्ति यस्ता सङ्घार कति छन् ? (कालचिनी, डुवर्स, भारत)