गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा, दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ? तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये, Read more
आफ्नै खाता भराऊ महल बनाऊ म केही भन्दिनँ जग्गा जमीन आफ्नै नाम गराऊ म केही भन्दिनँ आफ्नो पद र पैसामा त्यति घमण्ड छ भने नेताज्यू आफ्नो चिता तिमी आफै जलाऊ म केही भन्दिनँ। यहाँ गीतालाई छोएर पनि झुटो कसम खाइन्छ जसको गोजीमा दम छ उसैले मात्र न्याय पाइन्छ तपाईं भन्नहुन्छ Read more
ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका) Read more
विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । Read more
एक घुट्को आश्वासनमा तिमी स्पर्शको खर्स्रोपन बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी काँड़ाको बिझाइ बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी भोक र शोक बिर्सन्छौ; तिम्रो यही हुत्तिहारापनले यही कमजोरीपनले यही अन्योलपनले सपना खरिद गर्नेहरू कुवामा चन्द्रमा देखाउनेहरू पाँच वर्षमा एकपल्ट तिमीलाई सोध्न आउँछन् अनि नशैनशा लाग्ने शब्दहरूले तिमीलाई मताएर जान्छन्, भोलिपल्ट नशा Read more
राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो। चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग Read more
अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने Read more
रगत र पसिनाबाट अलिकति नुनिलो लिन्छ कविताले ऋतुहरूसँग लिन्छ केही मन लागेको रङ्ग अनगिन्ती स्मृतिहरू र अनुभवहरूबाट केही अँध्यारो ,केही उज्यालो र केही आवाज सपनाको विशाल भण्डारबाट केही कल्पना र केही जादू लिन्छ विस्तृत मैदानहरू,अनकन्टार जङ्गलहरू, चुनौती दिइरहेका पहाडहरू, निचाट मरुभूमि, हराभरा उच्चसमस्थली नदीहरू र समुद्रबाट केही रूपक र केही Read more
देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द Read more
लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] Read more