ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका)