गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा, दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ? तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये, तिम्रा ती प्रतिशोधका नजरबाट लुक्नै सकिनँ ।। अमुल्य यो जीवनसित हिम्मत कहिल्यै हार्नु हुँदैन, आफ्ना सपना र आँसुहरू व्यर्थै झार्नु हुँदैन किन मन दु:खी पार्छ्यौ अरूका कुरा सुनेर तिमी पाउने आशा र जिउने चाहना कहिल्यै मार्नु हुँदैन । (विश्वनाथ, असाम)