दु:ख अन्तको भाषा थियो र भाषाको अन्त थियो दु:ख अन्धकारको व्याकरण थियो अनि व्याकरणको अन्धकार थियो दु:ख एक्लो पनको चित्कार र एउटा चित्कारको एक्लोपन थियो । दु:ख भित्री गुफाको निरुद्देश्य खोजले भरिएको यात्रा थियो दु:ख एक्लै भोगिने एउटा स्वार्थपूर्ण कामना थियो । दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो बगाइएको आँसुको एउटा Read more
नेपाली गीत-संगीतको क्षेत्रमा सन् साठीदेखि सत्तरसम्मको दशक अति नै सृजनात्मक र उर्बर देखिन्छ। यही अवधिभित्र खुबै राम्रा-राम्रा कालजयी गीतहरू सृजना भए। तर अम्बर गुरूङ्ग नेपाल पसेपछि अनि शरण प्रधानको निधनपछि स्थिति धेरै बिथोलिएको थियो। त्यहीमाथि नगेन्द्र थापाको साथ लागेर गोपाल योञ्जन पनि नेपाल पसे, रन्जित गजमेर बम्बेतर्फ लागे Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
घुम्दाघुम्दै भोक पनि लाग्यो र खाने बेला भयो। त्यसपछि इकोसिष्टमको पाठ पढेको बिद्यार्थीलाई अमेरिकाको एउटा शहरमा एउटा सानो प्लाजामा खाना ख्वाउन गुरूले लिएर जानुभयो । बिद्यार्थीलाई प्लाजा देखेर ताजुब लाग्यो। लामो गुहाली जस्तो एकतले बिल्डिङमा एउटा फाष्टफूडको होटेल खोलेको। होटेलको दाहिने छेवैमा कार इन्सुरेन्सको पसल। त्यसपछि लस्करै नङ सिँगार्ने नेल्स, Read more
भजनसिंह उमेरसॅंगै बढे । पढे । घरजम गरे । परिवार सङ्ख्या बढाए । खरिदार तहको सरकारी सेवामा लागे । अहिले समयसॅंग समानान्तर रेखामा कुद्न कोशिसरत छन् । शरद ऋतुले दशैँलाई के गाउॅं के सहर चारैतिर फिॅंजाएको थियो । उनीहरूको घर सल्लाहमा दशैँ किनमेलको विषयले प्रवेश पायो । वर्षेनी किनमेलको क्रमबद्ध लेखिएको मागहरू भजनसिंहको हातमा श्रीमती र दुई छोराछोरीबाट थमाइन्थ्यो । यो पालि भने घटस्थापनाको पूजाआजासॅंगै मौखिक रुपमा मागहरू आए । “आइफोन तेह्र प्रो म्याक्स जसरी ... Read more
आफ्नै ठुला बुबा रणोद्दीपलाई अनेकौं षडयन्त्र गरेर मारेपछि वीरशमशेर प्रधानमन्त्री बनेका थिए । त्यस समयमा राजगद्दी पाउने लोभमा आफ्नै भाइ, भतिजा, छोराहरू आफ्नै शत्रु बन्थे । त्यो समयमा राजगद्दी पाउन हत्या गर्नु सामान्य भइसकेको थियो । त्यो समयमा प्रधानमन्त्री बनिसकेपछि चौबिसै घण्टा सचेत बन्नु पथ्र्यो । वीरशमशेर प्रधानमन्त्री बनेका Read more
कक्षा नौको परीक्षा सकेर रिता आफ्नो हजुरबुवासँग बसेर इन्टरनेट चलाइरहेकी थिइन् । जब उनले कैलाली, कनचनपुरतिर रानाथारुहरूले खुट्टाले छोएर खाना खान दिने चलनको बारेमा लेखेको कुरा देखिन् । उनको मनमा त्यो अनौठो चलनको बारेमा जिज्ञासा जाग्यो । त्यसैले उनले आफ्नो हजु्बुबालाई त्यो कुरा देखाउँदै सोधिन्, “हजुबा, यो हेर्नुस त, Read more
एक दिन एउटा सानो राज्य गोर्खाको राजदरबारमा राजा पृथ्वीनारायण शाह सहित राज्यका अन्य भारदारहरू बैठकमा थिए । स्वर्गीय राजा नरभुपाल शाहले सुरु गरेको एकीकरणको अभियान सफल हुन सकेको थिएन । त्यस दिन दरबारमा पृथ्वीनारायण शाहले उनको बुबा स्वर्गीय राजाले सुरु गर्नुभएको कार्यलाई सफल बनाउने योजना तयार पार्न बैठक Read more
योगमायाको कविताहरूले प्रभावित भएर उनका अनुयायीहरू बढ्दो क्रममा थिए भने उतातिर उनी आफैँ जुद्द शमशेरलाई भेट्ने तयारीमा थिइन् । धेरै समयको पर्खाइपछि आज योगमाया जुद्ध शमशेरसँग भेट्न जाँदै थिइन् । पशुपति अगाडि आफ्नो केही सेनाहरूसँग बसेका जुद्ध शमशेरतिर योगमायाको आँखा गयो । भेटको स्वागत पछि, उनीहरू बिच केही बेर भलाकुसारी Read more
गोरखपुरको ठाकुर दयाराम सिंहको छोरी म गोरखा दरबारमा आइपुगेपछि नरेन्द्रलक्ष्मी बनेँ । गोरखपुरको समथर र गर्मी ठाउँमा जन्मिएर हुर्केकी मलाई सुरुमा यहाँको चिसोमा रहन कठिन परेको थियो । मलाई भानु जोशी नाम गरेका पण्डितले पृथ्वीनारायणका लागि डोला झिकाएका थिए । बाबु आमाले जहाँ पठाए त्यहाँ जानु पर्ने छोरीहरूको Read more