दु:ख अन्तको भाषा थियो र भाषाको अन्त थियो दु:ख अन्धकारको व्याकरण थियो अनि व्याकरणको अन्धकार थियो दु:ख एक्लो पनको चित्कार र एउटा चित्कारको एक्लोपन थियो । दु:ख भित्री गुफाको निरुद्देश्य खोजले भरिएको यात्रा थियो दु:ख एक्लै भोगिने एउटा स्वार्थपूर्ण कामना थियो । दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो बगाइएको आँसुको एउटा Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
तिमी जलिरहँदा तिम्रो छटपटीमा तिम्रा मौन बिलौनाहरुको बिरही धुनमा म आँखा चिम्लेर कान थुन्न सकिनँ आमा ! चरक्क चिरिएको तिम्रो छातीलाई हेरेँ भोक, रोग र शोकका असङ्ख्य पीडा कोचिएका समता, समावेशी र ममतामयी कोठारहरुमा राक्षेसी दानव र सकुनीहरुले निर्वाद परेड खेलिरहेका थिए । जनजीवनको दैनिकीलाई बिच बाटोमै रोक लगाउँदै बिचौलियाहरु Read more
मेरी भूतपूर्व प्रिय मान्छे ! आज तिम्रो विजयोत्सवको धुनले मेरा सामान्य जीवनको लय तरंगित बनेको छ । टेकेर मेरा छातीमाथि कुनै नावालकझैँ उभिन सिक्यौ र पो आज बेरोकटोक पाइला चाल्न पाइरहेकी छ्यौ निन्तर तोडेर मसितको सम्बन्ध उड्न जान्यौँ गुँड छाडेकी चरीलेझैँ र पो आज निश्चिन्त शिखरमाथि मुस्कुराउन पाएकी छ्यौ मुसुक्क Read more
सुरुवात र गन्तव्य दुबै एकिन नभएको एउटा यात्रा सँगै हिँडिरहेका थियौं हामी एउटा तिमी र अर्को म । सँगै हिँड्नुको औपचारिकता हामी हाँस्यौं,रोयौं र रमायौं साथसाथ र कहिले समायौं एक अर्काका हातहरु भीरहरुमा, पहिराहरुमा र जँघारहरुमा । तिमी भन्थ्यौ– यसैगरी हिंडनुपर्छ जीवनभर तिमी भन्थ्यौ– यसैगरी हाँस्नुपर्छ जीवनभर र भन्थ्यौ– यसैगरी Read more
जुन देशमा नागरिकताभन्दा बढी पासपोर्टको महत्त्व हुन्छ त्यो देश होइन त्यो कारखाना हो कारखानामा किसिम किसिमका सामानहरु उत्पादन हुन्छ सानो/ठूलो कालो/सेतो अस्थायी/स्थायी सस्तो/महंगो छानी छानी बिक्री हुन्छन सामानहरु बिक्री हुन सामानहरुलाई सिर्फ एउटा पासपोर्ट चाहिन्छ पासपोर्ट बोकेर सामानहरु कारखानाबाट जान्छन संसारभर बेचिनलाई पासपोर्ट भन्नु के हो र ? सामान बेच्ने Read more
एक जुग बगेँ नदी जस्तै, नदीसँगै एक जुग बहेँ हावा जस्तै, हावासँगै एक जुग छरिएँ घाम जस्तै, घामसँगै माटो जस्तो मेरो छाती कोही गएको थियो कुल्चिएर आज म रुमल्लिइरहेछु अँध्यारोमा, अँध्यारो जस्तै त्यही लोकतन्त्रको खोजीमा रामगुलावी ! रातपछि त बिहान हुन्छ होला नि है ! (धनगढी) Read more
यसपालि संगठनका बेर्नामा चाहनाका कोपिला न बसेर होला उठेनन् उमङ्गका उचाइहरु र फक्रिएनन् जीतका सुवासिला फूलहरु सायद अल्छी माली परेर होला भुलेका छन् बेर्नाले आफ्नै मालिहरुलाई । गाई गोठमा बेला कुबेला छिरेका हुँडारहरुले गाई बाछाको सिकार गर्दा उब्जिएको कारुणिक आवाजले ब्युँझिन नसकेका गोठालाहरुलाइ यसपालि हाकाहाकी आफ्नो मालिक चुनेनन् बिचरा गोठालाहरु Read more
गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो Read more
आँसुको बिस्कुन आँखामा सुकाएर आमा शान्तिको बाटो हेर्दै छिन् कोख रित्तिए पनि आमा आशा र बिश्वासको प्रतीक्षामा निराश भएकी छैनन्। धर्ती ढगमगाएको बेला आकाश खसेको बेला मनको मझेँरी फाँटेको छ तर बाहिर बजारमा स्वाभिमान, रास्ट्रिय स्वाधीनता साथै अस्मिताको लिलाम बढाबढ भैरहेको छ। केही ज्युँदा सपूत भने सुदूर गाउँबाट गन्तव्य रोज्दैछन् Read more