गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो अकल्पनीय शीतल लाग्छ । चिच्याउँछु , रुन्छु जब कोही बुझ्दैनन् बोली मेर तिमीमात्र हुन्छेउ बुझ्ने मूकभाषा मेरो हे आमा ! तिम्रो काख मलाई स्वर्गभन्दा प्यारो लाग्छ तिम्रो अटुट माया ममताको संग्रहालय लाग्छ । (कोलोराडो, अमेरिका)