तिम्रा दिन उल्टिने छन् त्यहिले जहिले म चाहन्छु । आगामा पेट्रोलको मिश्रणसरी प्रकोप पूर्व सूचीलाई मेट्न चाहन्छु । अवरोध सितारको तारले बन्दी गृहबाट छुटेको त्यो अवतार हेर्न चाहन्छु । (म्यानमार) Read more
आमा ! म आज रातै फुलेकी छुँ हेर्नुस् त जस्तो वनभरि लालिगुराँस फुल्छ जस्तो बारीभरि गुलाव, सयपत्री अनि पानीभरि कमल र वाटरलिलीहरु फुल्छन् के फूल मन नपराउने मानिसहरु पनि बस्छन् र हाम्रो समाजमा आमा ? यदि त्यस्ता मानिस छैनन् भने किन हँसिया प्रहार गर्दैछन् मेरै फूलको बोटमा र पठाउँदैछन् आफूबाटै छुट्याएर टाढा त्यो डरलाग्दो छाउगोठमा […] Read more
तिमीले भन्यौ- अयोग्यहरूलाई योग्य काम दिने यो आरक्षण भन्ने कुरा खारेज होस ! मेरो पनि भन्नु छ - सवैभन्दा बढी आरक्षणको उपयोग मात्र तिमीले गरिरहेका छौ तिमी सोधौला, कसरी ? ल सुन म भन्छु- प्राय मन्दिरको पूजारी कुन जातको छ ? संस्कृत विद्यापीठका प्राचार्य कुन जातका छन् ? प्राचार्य र शिक्षक मात्र होइन विद्यार्थी पनि […] Read more
ऊ मर्यो केवल मर्यो मर्यो तर बाँच्यो मरेर पनि बाँच्यो ? अचम्म ! ऊ खरानी भयो माटोमा मिल्यो खोजेमा हाड्खोर अस्तित्वमा हाजिर छन् । बस् तर, ऊ जिउँदै छ बाँचेकै छ सबैको मनमस्तिष्कमा छ अझै हातेमालोमा छ मर्न पनि जान्नु पर्छ । कस्तो मरण ? त्रसित र आतङ्कित हो, मरण आखिर सबैमा रक्तसञ्चार बन्द हुन्छ […] Read more
ए बा ! म जान्न जान्न भनेपछि म जाँदै जान्न मैले देखेको छु नि तिमी गयौ तिम्रो दुई थोपा रगतले अक्षरमा बुट्टा हाने कालो अक्षरलाई रातो बनाए उनीहरूको नाम मक्किएको थियो तिम्रो रगतले चमक दिए नयाँ नाम लेखिएन ए बा ! तिम्रो नाम त्यहाँ कतै देखिएन । तिमी रगत बगायौ वरपर ढुकेर बसेका सहरिया भुस्याहा […] Read more
कस्तो अनौठो–अनौठो नाचिरहन्छ दृश्य चञ्चल नयनमा अपत्यारिलो, अस्वभाविक आँखा पनि एउटा लयमा खोज्दोरहेछ दृश्य ऊ पाउँछ क्रमभङ्ग यथार्थ बनाउँछ आदर्श चित्र कोर्छ छातीभरि देशको अनेक–अनेक अमूर्त चित्र । ऊ संविधान खोज्छ ऊ संविधान अनुसार खोज्छ ऊ इमान्दार सहजकर्ता अनि खोज्छ ऊ अलिकता इमान्दार अभियन्ता बदलामा ऊ अर्थात् एउटा नागरिक खस्छ छाँगाबाट उसलाई लागेको सार्वभौम उसको […] Read more
बजार घुमेर भाषण ठोकेर सबै कुरा सकेर घर फर्केपछि कोठामा छिर्ने बेलामा श्री ६ महाराजलाई बल्ल थाहा भयो आज मौसुफले कट्टू लगाउनै भुल्नु भएको रहेछ ! दौरा लगाउनु भयो कोट लगाउनु भयो एउटा नक्कली श्रीपेच पनि लगाउनु भयो चस्मा लगाएर ऐनामा हेर्नु भयो ऐनाले तलको कुरा देखाएन मौसुफ मुसुक्क मुस्कुराउनु भयो र सवारी हुनु भयो […] Read more
भुइँतिर आँखाहरू अस्ताचल पछ्याउँदै सामथ्र्य झुकेको शिर आत्मविश्वास निदाएका युवाहरू । दोबाटोमा गन्तव्य देउराली नपुगेको क्रान्ति निजी सुखपारखी विचारविहीन थुप्रिएको भीड । स्वविज्ञापनको बिगबिगी निरन्तर अलपत्र सत्पात्रहरू रमाउँदै वाक्पटुहरू संस्था हुल्दै भुमरीमा । सताउँदै महामारी उपयोग गर्दै पदाधिकारीहरू व्यायाम शालाका गुटहरू खनपिनमा परिचालित संयन्त्र । पर्दाभित्रै दाउपेच नजर अन्दाज जनताका बेथाहरू पटुकाभित्रै भोकहरू खाँडीको बालुवाभरि […] Read more
एउटै गाउँको एउटै सरकारी स्कुलमा एउटै कक्षाको एउटै सेक्सनमा एउटै लहरको एउटै बेन्चमा एउटै ऐच्छिक विषयका एउटै शिक्षकले सिकाएका, लेखाएका, घोकाएका एउटै प्रश्नका एउटै जवाफ घोकीघोकी उस्तैउस्तै अङ्क ल्याएर परीक्षा पास गर्ने तिम्रो र मेरो दुनियाँ बेग्लै बेग्लै छ अहिले । झोला भिरेनौँ हामीले स्कुल जाँदा बाक्ला पाठ्यपुस्तकका पातला गाताहरू च्यातिने गरी पिठ्युँनिर अड्याएर, भुँडीतिर […] Read more