को हो आफ्नो को हो पराई छुट्टाएर देखाऊ दूध अनि पानी गराई छुटाएर देखाऊ । पुरोहितजी आन्दोलनमा दुई जना मरे छन् कुन बाहुन कुन दमाई छुट्टाएर देखाऊ । हिजो सम्पत्तिका लागि मुद्दा परेको छ कुन हो दाइ कुन हो भाइ छुट्टाएर देखाऊ । उस्ले र्याल काट्दै ताली बजाउँदै दिएथ्यो। श्राप Read more
सोच्नुहोस् त त्यो दोबाटोमा रहेको चट्टानसरी छ नारीको जिन्दगी कोही समीप आउँछन् मायाले हेर्छन् स्नेहभाव पोख्छन् छताछुल्ल हुने गरी कोही भिज्छन् सिमसिमे पानीमा भिजेजस्तै कोही डुब्छन् सागरको गहिराइसम्म कोही उत्रिन्छन् नदीमा मृत शरीर उत्रेसरी कतिले गहिरिएर हेर्छन् धेरै परपरसम्म सोच्छन् अनि कोर्न थाल्छन् आफ्नो जिन्दगीको योजना । कोही टपक्क टिप्न Read more
विचरो पुरस्कार ! उसको के दोष दिइन्छ थापिन्छ फरक आयम फरक दृष्टिकोण र फरक धरातल अनि फरक मापन फरक समिकरण फरक हिसाब जहाँ न कुनै शुत्र हुन्छ न कुनै मापडन्ड हुन्छ बस दिइन्छ थापिन्छ । मन अन्धो भएपछि विवेक दृष्टिबिहीन हुन्छ र बिर्को लाग्छ बिज्ञतामा छोपिन्छ भिजन अनि सधैं साउनको Read more
(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै माया लगाए पनि थोरै नजिक धेरै टाढा हुन्छन् । (३ं) कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन् छाला Read more
परेवाका जोडीले घरको पालीमा गुँड बनाए । गुँड तयार भएपछि पोथीले फुल पारी र ओथारो बसी । फुलबाट चल्ला निस्केछन्, चीँचीँ आवाज आयो । दुवैले पालैपालो चारो खुवाउन थाले । साना चल्ला प्वाँख नउम्रेका पखेटा फटफटाउँदै चारो खान्थे, बस्थे । दृश्य रमाइलो थियो । मन प्रफुल्ल भयो । केही दिनमै Read more
“बा–आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।“ ऊ सानै छँदा बाले भनेको सम्झ्यो । उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा–आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका रहरहरु Read more
कसैसित दुश्मनी नगर्नु कहिले पनि ! यत्ति त बुझेको हुनुपर्छ तिमीले पनि ! क्रान्तिमा मैले पो आफ्नै घर उजाडेँ किनारा जोगाएको हुन्छ नदीले पनि ! मौसुफ, यो नारा भोका पेटहरुको हो बिद्रोह जन्माउदो रैछ गरिबीले पनि ! हिजो तिम्रो प्रेमको भुमरीले घुमायो घुमाउदैछ आज यो जिन्दगीले पनि ! अग्लो छु Read more
न त गर्भ न त ब्यायो, थारो संविधान । गुलेलीको तकाई मात्र, तारो संविधान । भरिए ती ठूला भुँडी, न त खै के भो ? भ्रष्ट कै भो मिलिजुली, चारो संविधान । जनताको उपलब्धी, ठगी खाने भाँडो नेता ज्यूको सधैंको भो, चेपारो संविधान । सत्ता खाए भत्ता खाए, महल ठड्याए Read more
सखारै निस्कन्छन् घरबाट केही जोर बेरोजगार पैतालाहरु र जम्मा हुन्छन् भञ्ज्याङ्माथिको चिया पसलमा । रातभरि सियाले टर्रो पारेको मुख चियाको सर्को र सिग्रेटको धुवाँले मिठ्याउछन् र उतार्छन् अघिल्लो रातको ह्याङोभर । एकै छिनलाई चिन्ता गर्छन् रोग, रिन, शोक र भोकमरीको तर चिन्तालाई निर्मुल पार्ने उपाय छैन र खोज्छन् समय व्यतित Read more