कसैसित दुश्मनी नगर्नु कहिले पनि ! यत्ति त बुझेको हुनुपर्छ तिमीले पनि ! क्रान्तिमा मैले पो आफ्नै घर उजाडेँ किनारा जोगाएको हुन्छ नदीले पनि ! मौसुफ, यो नारा भोका पेटहरुको हो बिद्रोह जन्माउदो रैछ गरिबीले पनि ! हिजो तिम्रो प्रेमको भुमरीले घुमायो घुमाउदैछ आज यो जिन्दगीले पनि ! अग्लो छु भनेर किन हेप्छ यो महल ? ओत दिएकै छ हाम्रो झुपडीले पनि ! (सल्यान)