सल्यान ।
नेपाली भाषा,साहित्य जगेर्ना,उन्नयनका निम्ति जिल्लामा विभिन्न समयमा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषद्ले सल्यान मुक्तक किङको पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ ।
सल्यानको पर्यटकीय स्थलल कुपिण्डे तालको संरक्षण,प्रर्वधनको बिषय राखेर उत्कृष्ट बीस सर्जकहरुबाट दोस्रो चरणका लागि मुक्तक लिइएको थियो । तिनै नतिजासगै उत्कृष्ट पन्ध्र सर्जकहरु छनोटमा परेका हुन ।
सल्यानी सर्जकहरु मात्रै सहभागीता गराइएको सल्यान मुक्तक किङमा आगामी विभिन्न चरण पार गरेपछि एकजना सर्जक सल्यान मुक्तक किङ बन्नेछन् भने उत्कृष्ट दशसम्म पर्ने सर्जकले नगद तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
परिषद्का अध्यक्ष भरत रोकायका अनुसार यो प्रतियोगीता राष्ट्रिय मुक्तकार बन्नको लागि प्रतियोगीलाई भर्याङ्ग बन्ने छ ।
परिषद्का संस्थापक लोकेश जलन भन्छन् यो प्रतियोगीता हो प्रतियोगीतामा हाम्रो होइन राम्रो सर्जक सल्यान मुक्तक किङ बन्नुपर्छ यो हाम्रो चाहना हो ।सल्यानको चाहना हो ।त्यसैले यो नतिजा जस्तै आगामी चरणका नतिजाहरु पनि निस्पक्ष रहनेछन्।
उत्कृष्ट पन्ध्रमा परेका सर्जकहरुले उत्कृष्ट दशका लागी अब परिषद्ले दिएको बिषयभित्र रहेर एक मुक्तक पठाउनुपर्ने छ ।
उक्त मुक्तकको नतिजाको आधारबाट तेस्रो चरणका लागि उत्कृष्ट दश सर्जक छनोट हुनेछन् ।
सल्यान मुक्तक मकिङ्लाइ प्रभावकारि बनाएर विभिन्न माध्यमबाट सर्जकहरुसम्म सुचना प्रवाह गर्ने सम्पुर्णमा परिषद्ले हार्दिक आभार व्यक्त गरेको छ ।
पहिलो चरणमा छनोट पर्नुभएका उत्कृष्ट पन्ध्र प्रतियोगीहरुको नामावली निम्न रहेको छ !
१ आरती बुढाथोकी २ ओमप्रकाश देवकोटा ३ कल्पना परियार ४ छविकिरण अधिकारी ५ टि आर शर्मा ‘अथकमनु’ ६ टोप घर्ती ‘ अनुरागी’ ७ डिल्ली केसि ८ थुमान राना (सिम्पल क्षेत्री )९ नवीन मगर १० मनिषा बुढाथोकी ११ मनोज दाहाल ‘मनु’१२महेन्द्र परियार १३महेश शर्मा ‘रश्मी’१४रिता घर्ती मगर ‘ऋ्तु” १५सिर्जना बिष्ट ।