न त गर्भ न त ब्यायो, थारो संविधान । गुलेलीको तकाई मात्र, तारो संविधान । भरिए ती ठूला भुँडी, न त खै के भो ? भ्रष्ट कै भो मिलिजुली, चारो संविधान । जनताको उपलब्धी, ठगी खाने भाँडो नेता ज्यूको सधैंको भो, चेपारो संविधान । सत्ता खाए भत्ता खाए, महल ठड्याए हाम्लाई भने मुटुमा बिज्ने, आरो संविधान ।