को हो आफ्नो को हो पराई छुट्टाएर देखाऊ दूध अनि पानी गराई छुटाएर देखाऊ । पुरोहितजी आन्दोलनमा दुई जना मरे छन् कुन बाहुन कुन दमाई छुट्टाएर देखाऊ । हिजो सम्पत्तिका लागि मुद्दा परेको छ कुन हो दाइ कुन हो भाइ छुट्टाएर देखाऊ । उस्ले र्याल काट्दै ताली बजाउँदै दिएथ्यो। श्राप दियो या त बधाई छुट्टाएर देखाऊ । दुइटा शरीरसँग खेल्ने आदत छोड प्यारी दिलबाट कि ऊ कि मलाई छुट्टाएर देखाऊ । (पोल्यान्ड)