अज्ञात सपना मनभित्र सजाइरही कान्छीले अपवाद् आँखामा आँसु बगाइरही कान्छीले । फेरिपनि युद्धको उद्घोष् भएको छ देशमा घर नफर्कनु भन्दै चिठी पठाइरही कान्छीले । सोच्दैछन् लाखौं करोडौं आमाहरू सोच्दैछन् के सोचेर गर्भको सपना तुवाइरही कान्छीले । फुल्नेअभिलाषा मरुभूमिमा पनि हुन्छ फूलको भेट्ने आशमा हातको चुरा फुटाइरही कान्छीले । आकांक्षा मरेको Read more
सुस्तरी सुस्तरी जब धरतीमा घामका डोबहरू मेटिदै मेटिदै जान्छन् सागरका छालहरुको आवाज जब बढ्दै बढ्दै जान्छ तब म भित्र अंतर्वेदनाको ठुलो कोलाहल बढ्दै बढ्दै जान्छ । सुनसान रातहरु जब ढल्दै ढल्दै जान्छन् चेहराहरु थकित बनेर जब सुस्ताउन थाल्छन् नीरव रातका हल्लाहरु जब शान्त हुदै जान्छन् अनि म भित्र असान्त मनको Read more
“होइन ए स्वाभिमान ! तिमी आजभोलि खुसी देखिन्नौ; अनुहारमा विषादका रेखा कोरिएका छन्। के पीर प-यो ?” एन्जलले चौतारामा उसलाई एक्कासि प्रश्न सोधी । प्रश्न सुनेर स्वाभिमान झन् गम्भीर देखियो तर केही बोलेन। एन्जेलले पुन: प्रश्न गरी, “होइन तिम्रो बोली पनि बन्द भैसक्यो कि क्या हो ?” ” खासै Read more
हिजो आज वस्तीहरूमा स्यालहरूको बिगबिगी बढेको छ जङ्गलमा डढेलो लागेर होला सायद बॉच्ने आधार खोज्दै सिकारी स्यालहरु निमुखा बाख्रा पाठालाई आहार बनाउन दाह्रानङ्ग्रा तिखार्दै घाटी अठ्याउँदै निमोठिरहेका छन्। त्रसित छन् गाउँ बस्तीहरु आवाज बिहिन छन् बेसहाराहरु चारैतर्फ घेराबन्दीमा परेका छन् रगत चुसेर जुकाझैँ मोटाएका चिल्ला स्यालहरू झुन्डझुन्डमा हुइयॉ मचाइरहेका छन् Read more
मेरी आमाको जीर्ण झुपडीमा गिध्दहरूको महोत्सव चलिरहेछ विचारशून्य जाँतो घुमाइरहेका भोका स्याल र व्वाँसाहरू मैले सपनामा देखेको सुन्दर गुराँसका फूलहरू च्यातिरहेछन् जुध्दै गतिछाडा साँडेहरू आशाका व्याड ध्वस्त बनाइरहेछन् गिध्दहरूको महोत्सव मनाइरहेछन् । ऋणको गरुङ्गो भारी बिसाउने शीतल चौतारी नभेटी धर्मराइरहेका भरियाहरू क्रन्तिकारी गिध्दहरूले सल्काइदिएको डँडेलोमा छन् भोका स्याल र व्वाँसाहरूको Read more
मनभरि पिर रहेछ आखामा पानी रहेछ, मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ । हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौँ, हरेक बर्ष मृत्युले नजिक नजिक तानिरहेछ । आफन्त जस्ता दुश्मन, दुस्सन जस्ता आफन्त, बुझ्नै मुस्किल तिमी अर्को जिन्दगानी रहेछ । सुन्दर र कुरुप पनि, धनी र गरिब पनि घमण्ड नगर अन्तमा हुने Read more
दीपा विवाह गरेर जयको घरमा भित्रिदा जयसँग सामान्य जीवन गुजार्न पुग्ने सम्पत्ति थियो । तर जयको अत्याधिक मदिरा सेवन र धुम्रपान गर्ने बानी थाहा पाउँदा दीपा दिक्दार थिइन् । उनको गलत आदतले पुरै परिवारको सुख, शान्ति र चैन हरेको मात्र थिएन , बिस्तारै गरीबीको कालो बादल मडारिन थालेको थियो Read more
"आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै, सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श Read more
बाहिर चित्कार गुञ्जायमान छ । शैय्यामा छटपटाहट छ । प्राण लास बन्ने हो कि सास मै बाँकी रहने हो छुट्याउनै नसकिने छ । सासको आशमा जिन्दगी पलपल बाँचिरहेको छ । घरी चिच्याउँछ, घरी सुस्केरा मार्छ विरे । सुनसान सडकमा सास किन्न दौडिरहेको थियो माने बिरेको ज्यान तलमाथि नहोस भन्दै Read more