मनभरि पिर रहेछ आखामा पानी रहेछ, मुस्कुराएर बिरोध गर्ने उसको बानी रहेछ । हामी जन्मदिन सम्झेर उत्सव मनाइरहेछौँ, हरेक बर्ष मृत्युले नजिक नजिक तानिरहेछ । आफन्त जस्ता दुश्मन, दुस्सन जस्ता आफन्त, बुझ्नै मुस्किल तिमी अर्को जिन्दगानी रहेछ । सुन्दर र कुरुप पनि, धनी र गरिब पनि घमण्ड नगर अन्तमा हुने खरानी रहेछ । (बर्दिया)