सुस्तरी सुस्तरी जब धरतीमा घामका डोबहरू मेटिदै मेटिदै जान्छन् सागरका छालहरुको आवाज जब बढ्दै बढ्दै जान्छ तब म भित्र अंतर्वेदनाको ठुलो कोलाहल बढ्दै बढ्दै जान्छ । सुनसान रातहरु जब ढल्दै ढल्दै जान्छन् चेहराहरु थकित बनेर जब सुस्ताउन थाल्छन् नीरव रातका हल्लाहरु जब शान्त हुदै जान्छन् अनि म भित्र असान्त मनको अंतर्वेदनाहरु चर्किदै चर्किदै जान्छन् । म कतै हराएजस्तै म कतै मेटिएजस्तै कता कता चंगा चुडिएजस्तै भएर पनि नभएजस्तै यतै भएर पनि उतै कतै भएजस्तै । कता कता समुन्द्रमा बिलाएजस्तै कहाँ कहाँ, कता कता परदेशमा भएर पनि म त्यहीँ वरपर त्यतै गाउँको मझेरीमा भएजस्तै । मान्छे मान्छेको भिडभित्र मेरा मित्रहरु प्रकाश, हरिमान र तुलसीका अनुहारहरु गीत संगीतको झंकारभित्र नारायण गोपाल, अम्बर गुरुङ र दीपका आवाजहरु थुप्रिएका हिउँका पहाडहरुभित्र तीनजुरे र फुलचोकी डाँडाका यादहरु सहर भित्रका बजार र मल हरुभित्र ठमेल र झोंछेका गल्लीहरु । कस्तरी परदेशमा यादहरुलाई बिगतका यादहरुले पत्रै पत्रै बनेर थिचेर राखेका छन् सफा संगमर्मरको शिलालेखमा कुंदिएझैं बर्षौं बर्ष पनि पारदर्शीझैं बनेर यादहरु कस्तरी नामेट बनेर बिर्सनै नसकिने भएर बसेछ । मेरो गाउँ, बजार, शहर र मान्छे मेरो आँखामा यहाँ परदेशमा !!! (भर्जिनया, अमेरिका)