यो समरको यात्रा हो । सबैभन्दा पहिले तिमीलाई द्रोही बनाउनेछ निकै प्रेमपूर्वक आश्रय दिइरहेको तिम्रो आफ्नै घरले । प्रथम प्रतिद्वन्द्वी बनेर वरिपरि उभिने छन् तिमीलाई आत्मीयताको छत्रछायामा हुर्काइरहेका तिम्रै नातेदारहरू जसरी अर्जुनको बाणको प्रतिकार गर्न प्रतिद्वन्द्वी बनेर उभिएका थिए कुरुक्षेत्रमा आफ्नै पितामह र गुरुहरू । तिमीले पनि गुज्रनु पर्ने छ Read more
कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्रि भैरहेछ मान्छेका मुटु कलेजो र आँखा कान । सुनकली ! तिमिले देखेको सपनाको संसार होइन यो चैनले सास फेर्न पनी गाह्रो Read more
ऊ बेला शिक्षकले लक्ष्य केभन्दा ’शिक्षक’ भनिन्थ्यो देखेको सबैभन्दा ठुलो शिक्षक समयक्रमसँगै रहरहरू उतै ढल्कदै गए बा, भन्दै हुनुहुन्थ्यो ठुलो मान्छे बनोस् आफूलाई ठुलोभन्दा अरूलाई ठुलो बनाउने रहर जागिरह्यो आहा ! कम्ता आनन्द आउछ र ! ती अबोधलाई बोध बनाउदा निःश्वार्थता, कर्तव्यनिष्टता अनि सत्यता अन्त कहाँ पाइन्छ र ? सेवासँगै Read more
मान्छेदेखि मान्छे भाग्ने जमाना यो कस्तो भयो ? चरा कीटभन्दा पनि मृत्यु अति सस्तो भयो ।। हिजोअस्ति भरोसाथ्यो मान्छेदेखि मान्छेलाई आज भने कोरोनाले समवेदना खस्तो भयो ।। सन्त्रासमा बाँचेको छ दुनियाँ यो चारैतिर कोभिडसँगै भूकम्प नि मान्छेभित्रै पस्तो भयो । समवेदना शून्य जन लिप्त छ भष्ट्राचारमा निरीह जनता उही अन्धकारमा Read more
कति कथाहरू लेखिए र कति कथाहरू अलिखित छन् ! °°° जब पेटमा आगो सल्किएर भोकको डढेलो दनदनी बल्न थालेथ्यो तब निस्किएथ्यो सडकभरि रामापिथेकसको आदिम जुलुश ! °°° जब बाहुबल रित्तिएर ढल्न थालेथे— शासकका लुटेरा दरबारहरू तब पाखण्डताको बर्को ओढेर ईश्वरको भ्रम छर्दै निस्किएथ्यो— धर्मको जुलुश ! °°° जब भ्रमको जालो Read more
तिमी कोमामा परेको बखत अहँ कोही देखिएन खिन्नसम्म बरु नयाँ सन्तानको आगमनमा स्वागत र सत्कारमा सबै फुरुङ्ग छन । विश्वास गर प्रिय ! अवका दिनहरुमा तिम्रा राम्रा या नराम्रामा खुसी या दु:खमा खास वास्ता गर्ने छैनन् मान्छेले । बरु जिउदै छ कि मर्योसम्म नवुझी हतार हतार लेख्नेछन् श्रद्धाञ्जली । Read more
(१) जन्मदिन त पर्नै हुन्न शुभकामना दिन अघि सर्छन् घरकै मान्छेलाई नि फेसबुकबाट आशीर्वाद भर्छन् स्वाङ्ग पनि कस्तो कस्तो पार्न जानेको हो खै कुन्नी १ भित्र छुरा धसिरहने बाहिर चाकडीको नाटक गर्छन् । (२) बुझ्नेलाई दुई जना बसेर बाघचाल खेले जस्तो बाघ हिँड्ने बाटोको बाधालाई अन्तै ठेले जस्तो अबुझलाई हात्ती Read more
पिएनले हजुरहजुरको सम्बोधन दिन छोड्यो हाकिमले पनि मिठो बोलिबचन दिन छोड्यो । आखिर गरिवी केमा रहने छ, लोभ केमा रहने छ हेर्नुस यहाँ रुखले पनि अक्सिजन दिन छोड्यो । केको खुसीयालीमा आराम गर्दैछ ए जिन्दगी कि कतै तलाईं तेरै मान्छेले मन दिन छोड्यो । तिमी छुट्टिन तयार भएजस्तो लाग्दैछ मलाई Read more
मलाई अडिन सिकाएर दिव्य दर्शनमा ! तिमी भने रमाउन थाल्यौ परिवर्तनमा ! जानी-जानी हारेको हु, तिम्रो जित हेर्नलाई यहाँ बेग्लै आनन्द छ, त्याग र समर्पणमा ! घाउमा बारबार नुनचुक दलुन, सहन्छु बरु सक्दिनँ म पीडा खेप्न तिम्रो मानमर्दनमा ! तिम्लाई एक्लै पारेर, संसार एक भएपनी म एक्लै नि उभिनेछु, तिम्रो Read more
इतिहासको कुनै क्रूर शासकझैँ वा भनौँ थुप्रै अव्यवस्थाहरूबीच भर्खरै नियुक्त कुनै आदिम गाँउको नयाँ जमिन्दारझैँ पसेको छ सुटुक्क भयावह लिएर घरका झ्यालहरूमा गाँउका पूराना चोकहरूमा सहरका साँघुरा गल्लीहरूमा मान्छेको निन्द्रा र दैनिकीहरूमा । राम्रोसँग सास फेर्न पाएको छैन समयले डराएको छ समय आफ्नै अनुहारको रौद्रतादेखि । दुध चुस्दा निस्केको आवाजले Read more