(१)
जन्मदिन त पर्नै हुन्न शुभकामना दिन अघि सर्छन्
घरकै मान्छेलाई नि फेसबुकबाट आशीर्वाद भर्छन्
स्वाङ्ग पनि कस्तो कस्तो पार्न जानेको हो खै कुन्नी १
भित्र छुरा धसिरहने बाहिर चाकडीको नाटक गर्छन् ।
(२)
बुझ्नेलाई दुई जना बसेर बाघचाल खेले जस्तो
बाघ हिँड्ने बाटोको बाधालाई अन्तै ठेले जस्तो
अबुझलाई हात्ती भनी ढुङ्गा छामेझैँ छ राजनीति १
हेर्दा सुन्दर, रूखको हाँगाभरी ऐजेरुले जेलेजस्तो ।
(३)
टाठोले कनिका पनि चामलकै भाउमा बिकाउँछ सजिलै,
सक्नेले कालो धन्दा गरेर पनि जीवन टिकाउँछ सजिलै,
सङ्त गुनाको फल भन्छन् टाठाकै सङ्गत गर्ने पो हो कि,
भन्छन् बाठोले त जिउने तरीका पनि सिकाउँछ सजिलै ।
(गुल्मी)