मान्छेदेखि मान्छे भाग्ने जमाना यो कस्तो भयो ? चरा कीटभन्दा पनि मृत्यु अति सस्तो भयो ।। हिजोअस्ति भरोसाथ्यो मान्छेदेखि मान्छेलाई आज भने कोरोनाले समवेदना खस्तो भयो ।। सन्त्रासमा बाँचेको छ दुनियाँ यो चारैतिर कोभिडसँगै भूकम्प नि मान्छेभित्रै पस्तो भयो । समवेदना शून्य जन लिप्त छ भष्ट्राचारमा निरीह जनता उही अन्धकारमा बस्तो भयो ।। गिराएर मनोबल आखिर हुने के नै छ र ? आत्मबल नै हाम्रा लागि हतियारजस्तो भयो ।। (सल्यान)