वायुको बेगसँग नाचेका ती रुखबिरुवा र तिनका पात, हाँगा अति प्रवित्र जन्तु र चरा सुन्दर प्रकृतिका, गृहस्थलको यात्रा हावा र भूमि माध्यम गन्तब्यका लाग्यो देशको रथ गन्तब्यबिहीन, सारथी अज्ञात देसका । भूगोल, युद्ध, स्रोत, मृत्यु पर्यावाची एक अर्काका मृत्युमा जीत देख्ने मान्छे हून प्रकृतिका खोला नाला, पहाड र अनेकौँ जन्तु र बिरुवा प्रकृतिको देनजस्तो भ्रष्ट यी नेता | सिमसिम पानि, बादल छेडी सुर्य किरण चियाउँदा निम्तिने दृश्य उद्दीपक मन छुने, बहलाउने प्रकृतिको आशीर्बाद बुज्ने कहिले यी मनुस्य ? खोला नाला, हरियो बन, अनि हिमालयको आँशु, अमृत पानी हो वर जननी बेच्ने हातीको भाउ, नकारात्मक मस्तिष्कको के होला र भर ? लेर पो जालान् के, हरियो बासको मूल्य पो कति हो के ? देको छ प्रकृतिले, लियो कति पैसा हुर्किनलाई तेस्ले ? मच्चिदै छुन खोज्छ जमिन, प्रकृतिको चित्कार न बुज्ने मानिस के लेर जान्छौ, चित्कार प्रकृतिको आमन्त्रण बुज, मिसिने यही हो माटो । प्रकृतिको जीवन असल र खराब नीतिको पुस्तक हुर्किदो बिरुवा उर्वरकको मात्र ज्ञानको दस्तक मिलेको बिरुवा, मिलेको रुख, खराब बिरुवा अज्ञानी कर्म वायुको मात्रा प्रकृतिको नीति, बिना सुल्क अमृत प्रकृतिको धर्म । यो वायु, यो वन, हुर्किने खेल्दै अनेकौ जीव जन हो धन जीव रक्षाको देव काटी कुर्सि गर्छौ आविस्कार झन् बस्छ को ? अस्तित्व बेची खाको दुई खुट्टे जान्वर तन्दाकाउँदा तन्किने छुटे आफैलाई चोट दिने दिमाग जस्तो रवर | दुई पांग्रे मानिस, चार पांग्रे वा रगटीदै हिँड्ने किरा मातृत्व, अस्तित्व, इतिहास लडाउने लोब गर्दै हिरा सबै हुन् प्रकृतिको देन न भुल जन्मेको माटो नीति सबको हित राम्रो, बेची नखाऊ मातृत्वको काटो ।