एकादेशमा एउटा परिवार थियो । त्यो परिवारमा बाबा, आमा र छोरी थिए । बाबा, आमा र छोरीमध्ये बाबा एउटा राम्रो फुटबलको च्याम्पियन थिए । यो परिवार धेरै मिलजुल गर्ने, एकआपसलाई साथ दिने आदि गर्थे । त्यो परिवारसँग सोचेको सबै सामान हुन्थ्यो । जस्तै – महङ्गो सरसामान, गहना, घर, कार आदि थिए । एकदिन सबैजना सपिङ गर्न जाँदै थिए । दुर्भाग्यले कार चलाउँदा चलाउँदै एक्सिडेन्ट भएर आमाको होश गुम्यो । त्यसपछि बाबा र छोरी दुवैलाई चाहिँ थोरै चोट मात्रै लागेको थियो ।
बाबा र छोरी दुवै अस्पतालको बेडमा रुँदै बसेका थिए । दुई दिन अस्पतालमा बसेपछि बाबालाई डिप्रेसन भयो । बाबा रक्सी खान थाले । त्यसले गर्दा बाबाले फुटबल पनि छोडिदिनुपर्यो । बाबाको रक्सीको लत दिनका दिन धेरै भन्दा धेरै बढ्दै गयो । छोरीले बाबालाई सम्झाउन खोजिन् तर बाबाको रक्सीको लत धेरै भैसकेको थियो । बाबाले अब रक्सी होइन अरू मादक पदार्थ पनि खान थाले ।
छोरीले यो कुरा सहन सकिनन् । एकदिन घरमा भएको सबै पैसा, रक्सी र अरु मादक पदार्थ लुकाएर आफूलाई मात्रै थाहा पाउने ठाउँमा राखिन् । बाबा घर आउँदा बाबाले रक्सी खोजे, अनि पैसा पनि खोजे । त्यहाँ रक्सी देखेनन् र रक्सी किन्ने पैसा पनि पाएनन् । रक्सी छैन र अरू मादक पदार्थ पनि छैन भनेर आफ्नो छोरीलाई कहाँ गयो भनेर सोधिखोजी गरे । बाबाले छोरीलाई भने कि छोरी के तिमीले मेरो सामान जस्तै – रक्सी, पैसा र अरू मादक पदार्थहरू देखेकी छौ ?
छोरीले भनिन्, “बाबा हजुरको स्वास्थ्यको लागि मैले यो सबै सरसामान लुकाएकी थिएँ । त्यसैले आजदेखि यो सबै मादक पदार्थ खान छोड्दिनुहोस् । आफैँले आफैँसगँ सोध्नुहोस् के मैले यो मादक पदार्थ खानु हुन्छ ?”
बाबाले अबदेखि खान्न भने तर उनले नाटक पार्दै भनेका थिए । त्यसपछि छोरी आफ्नो कोठामा गइन् । छोरी आफ्नो कोठामा गएपछि बाबाले रक्सी आदि आफ्नो सरसामान खोजे । फेरि बाबाले एक्लै सम्झिए, “मेरी श्रीमती बेहोस छिन् । मेरी छोरी दुःखी छिन् । के मैले यो खानु हुन्छ ?” उनको मनले भन्यो हुँदैन ?
त्यसपछि आफ्नी छोरीको खुसीका लागि उनले सबै मादक पदार्थ सेवन गर्न छोडिदिए । त्यसको केही दिनमै उनकी आमा पनि होसमा आइन् । छोरीको बुद्धिले गर्दा सानो परिवारमा फेरि खुसी फर्कियो । त्यसपछि बाबाले फेरि फुटबल खेल्न थाले अनि यो परिवार खुसी साथ बाँचे ।
(नोबल एकेडेमी, कक्षा- ५, भैरहवा)