पिएनले हजुरहजुरको सम्बोधन दिन छोड्यो हाकिमले पनि मिठो बोलिबचन दिन छोड्यो । आखिर गरिवी केमा रहने छ, लोभ केमा रहने छ हेर्नुस यहाँ रुखले पनि अक्सिजन दिन छोड्यो । केको खुसीयालीमा आराम गर्दैछ ए जिन्दगी कि कतै तलाईं तेरै मान्छेले मन दिन छोड्यो । तिमी छुट्टिन तयार भएजस्तो लाग्दैछ मलाई यहाँ तिम्रो तस्बिरले आफ्नोपन दिन छोड्यो । (दैलेख हाल नुवाकोट)