(१) पित्तल भएपनि ठिक छ सुनको जलपले टल्काउनु छैन भएकोमा खुसीले रम्ने हो पीरको राँको सल्काउनु छैन ठूला ठूला सपना देखेर किन महत्त्वाकाङ्क्षी हुनु र खै ? आकाशको फल टिप्नैपर्छ भनी पसिना खल्काउनु छैन । (२) कतै नेपाली संस्कृतिमाथि आधुनिकताको लेपन लाएको त हैन? पतिलाई बाबा, पत्नीलाई मम्मी Read more
निश्चित गन्तव्य अनि सुनौला रहर बनाउनु छ । संघर्षका ईट्टाले कर्मको एउटा घर बनाउनु छ । टालेर व्यबहार भत्केको ठाउँ रोपेर ज्ञानको बिउ आमा जसरी हुन्छ जीवनलाई सुन्दर बनाउनु छ । साथ दिनेलाइ सम्झिने मन बनाउन नसकिएला पीडा दिनेलाई नबिर्सने मुटु सकभर बनाउनु छ। फूल हो यो जिन्दगी ओइलिएर झर्नु Read more
(१) रमाउन सकौँ बरू म अभावमा नपरौँ कहीँ कसैको म प्रभावमा जतिसुकै बद्लियोस् यो दुनियाँ रहन सकौँ आफ्नै म स्वभावमा ।। (२) रोपनी बेचेर आना किनियो पाथी मासेर माना किनियो सकेर नासो जम्मै पुर्खाको शहरमा एउटा छाना किनियो ।। (३) फूलै फूलको बाहार तिमीलाई यो खुशी उपहार तिमीलाई मेरै Read more
क्षमता छ जति काम पाउनु पर्छ मानिस काम गरे जति माम पाउनु पर्छ निश्चित ! बेरोजगार हुनुहुन्न नपरोस् भोकले रुन व्यवस्था न्यायको यस्तो आउनेछ कुनै दिन ! (१) मान्छेका बीचमा हुन्न भेदभाव कुनै पनि अछूत,छूतको प्रथा मेटिनेछ सधैँ अनि ! लिङ्ग,जाति तथा नश्ल,रङ्गको भेद हुन्न यो अर्काको पसिना प्यूँने व्यवस्था Read more
'म' बस्नको निम्ति भित्र पसेको छु 'तिमी' बाहिर निस्कन मभित्र पसेकी छौ त्यसैले 'म' तिमीसँग जस्तै भएपनि छु रहन्छु । 'म' शान्त छु आक्रान्त छु आफ्नै तातोमा भत्भत् पिरोलिन्छु आफ्नै जाडोमा कक्रिएर बस्छु यही भाषाको मकलमा यस्तै यिनै शब्दका झिल्का तापेर बस्छु- छु तिमीभित्रै पसेकी भएपनि मेरो यस्तो शान्त मुद्राले Read more
यसपाली जस्तो बाढी यसअघि कहिल्यै आएको थिएन गाउँमा । ... योपालीको बाढी गाउँ पसेपछि खेतका लहलहाउँदा बाला देखिएनन् पसिना बगाएको खेत देखिएन बस्ती देखिएन, घरहरु देखिएनन् बाटो देखिएन आफ्नै पदचापहरु देखिएनन् ... जताततै समयको धमिलो सागर देखियो त्यही सागरमा देखिए उत्साहले बगेका कुटिल आँखाहरु उमङ्गले बगेका हिंस्रक नंग्राहरु कुनै उत्सव Read more
म आधुनिकताले जेलिएको मान्छे मलाई आधुनिकता मन पर्छ परम्परागत सोचभन्दा पर म भुल्न चाहन्छु आधुनिकतामा । म भटमास बेचेर न्युटेला किन्छु किनभने न्युटेलामा आधुनिकता छ 'मिल्क टी'को पारखी म , दूध बेचेर एक कप तातो चिया पिउँछु म एक पोको म्याङ्गो फ्रुटी पिउँछु दुई किलो आँप बेचेर स्वास्थ्यप्रति सचेत म, Read more