म आधुनिकताले जेलिएको मान्छे मलाई आधुनिकता मन पर्छ परम्परागत सोचभन्दा पर म भुल्न चाहन्छु आधुनिकतामा । म भटमास बेचेर न्युटेला किन्छु किनभने न्युटेलामा आधुनिकता छ 'मिल्क टी'को पारखी म , दूध बेचेर एक कप तातो चिया पिउँछु म एक पोको म्याङ्गो फ्रुटी पिउँछु दुई किलो आँप बेचेर स्वास्थ्यप्रति सचेत म, वर पीपल फाँडेर जिमखाना बनाउँदैछु किनभने म भुल्न चाहन्छु आधुनिकतामा । म ममीलाई आमा भनेर पाखे बन्न चाहन्न बा आमा भनेर म गर्न चाहन्न आधुनिकताको उपहास किनभने ड्याडी ममीमा आधुनिकता छ मेरो शब्दकोशबाट हटाइदिन्छु काका र बडाबाहरू ती त सबै अंकलहरू हुन् अंकल भन्न मलाई उमेरको छेकवार छैन कहिलेकाहीँ म मेरा ग्रान्डपाका साथीहरूलाई पनि अंकल भनिदिन्छु किनभने अंकलमा आधुनिकता छ त्यसैले म संबर्द्धन चाहन्छु आधुनिकतालाई । म जन्मदिवस मनाउँदिन किनभने म पुरातनवादी होइन म त बर्थडे बनाउँछु जुठो केक अग्रजलाई नचखाई कसरी मेरो कार्य शुभ हुनसक्छ? झ्याप्प बत्ती ननिभाई कसरी उज्ज्वल भविष्यको कामना हुनसक्छ ? ब्रान्डीका/ह्विस्कीका चुस्की नलगाई, अलिकति जिब्रो नलर्बराई कसरी बढ्न सक्छ आत्मीयता म हार्दिकता बाँड्न चाहन्छु डिस्कोभित्र किनभने म पूर्ण आधुनिक मान्छे हुँ । (उदयपुर)