एक्काइसौँ सताब्दीमा युग ढुकढुक एक कुनामा घाइते छ न दिन न रात जुनसुकै बेला क्षतबिक्षत हुन सक्छ ऊ । ऊ सँगको सम्पर्क टावरहरु निसानीमा छ बाँकी स-साना मान्छेको खुसीका टुक्राहरु खोसिने छ नतमस्तक ऊ आफ्नै सन्तानहरुको दुरुपयोगले आफ्नै टाउकाको तारहरु चुटाउनु बाध्य छ । अश्लील अश्लील रङ्गीन रङ्गीन सपनाको बजारहरुमा ऊ एक्लो छ नितान्त स्वादहीन/रङ्गहीन र ऊ सोच्छ युद्ध साइबरबाट सुरु हुन्छ मानौं यो स्वर्जित युद्ध हो युगको। (सिन्धुली)