(१) रमाउन सकौँ बरू म अभावमा नपरौँ कहीँ कसैको म प्रभावमा जतिसुकै बद्लियोस् यो दुनियाँ रहन सकौँ आफ्नै म स्वभावमा ।।
(२)
रोपनी बेचेर आना किनियो पाथी मासेर माना किनियो सकेर नासो जम्मै पुर्खाको शहरमा एउटा छाना किनियो ।। (३) फूलै फूलको बाहार तिमीलाई यो खुशी उपहार तिमीलाई मेरै सुन्दर सिर्जना हो तिमी यिनै शब्दका हार तिमीलाई ।। (गोङ्गबु, काठमाडौ)