चुडाल सम्बन्धका तुइनहरु गरिराख अत्याचार सिमानामा रामबिलासहरु बन्दी बनाइराख, जय सिंहहरु बेपत्ता पार्दै जा, अझै चोट दे अझै पिडा दे तर यो सम्झिराख यो देशमा कायरताको बिज्ञप्ति निकाल्ने दिलेन्द्र बडुहरु मात्र छैनन् यो देसमा गोबिन्द गौतम जस्ता राष्ट्रीयताको रगत बगाउने बिर सपुत पनि छन ! तेरो चौडा छातिमाथि बेलायतिका बुट Read more
सानी हुँदा बाबा भन्नुहुन्थ्यो छोरी भएपछि एकदिन माइतघरको सङ्घार नाघेर पराय घर जानुपर्छ। म सम्झन्थेँ- सङ्घार नाघ्नु छोरीको कर्तव्य रहेछ। अब अहिले सासुआमा भन्छिन् आफूखुसी सङ्घार नाघेर हिँडनु हुन्न छोरी मान्छेले। सङ्घार छोरी मान्छेको निम्ति कुन जङ्घार हो तर्नु हुन्छ कि हुन्न ? छोरोको निम्ति यस्ता सङ्घार कति छन् ? Read more
१. मजदुरको कथा यो दृश्य देखेर.. यहाँले भन्नु होला - जाबो ह्वायर हाउजको भुइँ पुछ्ने मान्छे, तर यही भुइँ पुछ्न मैले दुईवटा लिखित परीक्षा र एउटा अन्तरवार्ता पास गर्नु परेको थियो ! २.स्वतन्त्रता अमेरिकनलाई जुलाई फोर्त विशेष दिन होइन रहेछ, ह्वायर हाउजको एउटा नियम ‘माक्स फ्रि’ आएसँगै मजदुरहरु सिट्टी बजाउँदै, हाँस्दै Read more
चराहरू कथा बन्छन् किताबहरूमा, नानीहरू पढ्छन् र रमाउँछन् अनि रहरहरूका चरा बनाउँछन् र उडाउँछन् । लट्टाईबाट धागो बोकेर फुत्किएको चंगा बन्छन् नानीहरूका एकहुल रहरहरू एकाएक । साङ्ली इनारको मेलामा सँगै बेचिन्छन् खेलौना बन्दुक अनि चराहरू, बन्दुक र चरा दुवै रोज्छन् नानीहरू अनि अलमलमा पर्छन्, पहिले कुन खेलाउने भनेर । नानीहरू Read more
छोटो एउटा शब्द जसले पनि उच्चारण गर्नसक्ने अति सरल शब्द यो दुई वर्णभित्र लुकेको हुन्छ एउटा अभागी सङ्घर्षमय जीवन दबिएका हुन्छन् प्रतिवादका ज्वाला समाजका बाठाहरूप्रति छुपेको हुन्छ शब्दहीन चीत्कार मनभित्र गाभिएको हुन्छ आक्रोशको ज्वालामुखी लाटी ! ऊसँग बोल्ने शक्ति छैन व्यक्त गर्न सक्दिन ऊ आफ्ना मनका पीडाहरूलाई केही माध्यम नै Read more
कलमले लेख्न छोडेर कागजमा प्रिय कविता मैले लेखेको छु आफ्नै आँखाको लयमा तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई नजरका निर्दोष दृष्टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर समेटेको छु सम्पूर्णत: तिमीलाई हृदयको रङ्गीन क्यानभासमा गुलाफको किरणजलले छोएर हर पल प्रेमको कोमल बास्नामा सधैं सधैं लुटुपुटिइरहन्छु ! त्यो रहस्यको जीवन्त छटा एउटा आकृति, तर अनन्त Read more
धेरै वर्ष पहिले पहाडलाई छाडिगएको एउटा नदी वर्षात बनी फर्किआएको छ आज सम्बन्धलाई अविलम्ब नवीकरण गर्दै भिजाएको छ पहाडलाई निथ्रुक्क । अब पहाडमा हरियाली छाउनेछ र बशन्त आउनेछ फुल्नेछन् फुलहरु र भुल्नेछन् भुलहरु पहाडको काखमा लुटपुटिएर नदीले बिसाउनेछ वर्षौको थकान छातीको भित्री भागसम्म भिजेर पहाडले मेटाउनेछ वर्षौको प्यास यही खुसीयालीमा Read more
यसको कुनै आकार हुँदैनपानी हो कविता जस्तो भाँडोमा राख्यो त्यस्तै बन्छ यो। यसको कुनै रुप, रङ र गन्ध हुँदैन जस्तो सुगन्ध, रङ भर्न चाह्यो बश, त्यस्तै हुन्छ यो । त्यही पानी समुद्रमा नुनिलो हुन्छ, निलो देखिन्छ र सुन्दर झरना बनी बहँदा मीठो हुन्छ, कंचन देखिन्छ । जसरी सुख्खा खडेरीपछि घना Read more
जिन्दगीसित थुप्रै असहमतिहरू छन् केही सर्त /र/ सम्झौता छन् बाँच्नुको लागिको- लागि बगर- किनारा- बर्षाद छ, सिग्न को ! गाइरहेको छ एकोहोरो भाइलनको आवाजमा जीवनको गीत? अज्ञात- जीवनले मृत्युको गीत गाइरहेको छ बुझ्नु नसकेर आफैमा गल्ति गरेँ बाटो- पर्खाल- सिङ्गो ब्रमान्ड छ, मन पत्थर भएर उभिएको छ अनावृतिकरणले क्षणिकरण गर्न Read more
मन भित्र अनगिन्ति मायाको बर्षात् गराउँदै मातृत्व प्राप्तिको उत्कट चाहनाका निम्ति आफैले आफैलाई मनभरि हँसाउँदै बिस्तारै आफैसँग मुस्कुराउँदै यस धर्तीमा तिमीले मेरा पैतलाको डोब कोरेको सम्झना लिएर आमा ! म अलि ढिलो आएँ । वात्सल्य प्रेम चुलिएको थियो खुसीले मन उजेलिएको थियो ठिक त्यसै बेला तिमीले मेरो परिचय खोतल्यौ समयको Read more