जिन्दगीसित थुप्रै असहमतिहरू छन् केही सर्त /र/ सम्झौता छन् बाँच्नुको लागिको- लागि बगर- किनारा- बर्षाद छ, सिग्न को ! गाइरहेको छ एकोहोरो भाइलनको आवाजमा जीवनको गीत? अज्ञात- जीवनले मृत्युको गीत गाइरहेको छ बुझ्नु नसकेर आफैमा गल्ति गरेँ बाटो- पर्खाल- सिङ्गो ब्रमान्ड छ, मन पत्थर भएर उभिएको छ अनावृतिकरणले क्षणिकरण गर्न नसक्ने आइरन भट्टीहरूले पगाल्न नसक्ने एउटा मन र मुटु छ जिन्दगीसित थुप्रै असहमतिहरू छन् जसलाई म प्रेम गर्छु । (ताप्लेजुङ/हाल दक्षिण काेरिया)