जीवन संगीनीले मृत्यु मार्ग पछ्याएपछि म एक्लो ठान्दैछु आफूलाई सग्लो र अग्लो घरमा एक्लै भेट्छु आफूलाई टीभीको स्क्रीनमा उनलाई देख्छु घरका चोटाचोटामा उनलाई भेट्छु बाहिर आगनमा मखमली फूल्दा छोरीका यादहरुले सताउँछन् टुसुक्क बस्न नभ्याउँदै गुन्द्रीमा छोराका छायाँहरुले बस्न दिदैनन् गोठतिर लौरो टेक्दै जाँदा पुतली गाईले अतीत सम्झाउँछे बार्दली त मेरा Read more
एउटा बेलुनलाई फुलाएर फुटबलजस्तै बनाए र छाडिदिए खुल्ला आकाशमा बेलुनले कुनै गोल गर्नुपर्ने थिएन किनकि आकाशमा कुनै गोलपोष्ट थिएन तर बेलुनमा थियो अपरमपार अनुभूति विश्वकप फुटबलको फाइनल खेल जस्तै तरङ्ग मच्चाइरहेको आकाशको बेलुन मेरो सासले भरिएको थियो घरिघरि हेर्दा बेलुनलाई राष्ट्रिय झण्डा फर्फराइरहेजस्तै देखिन्थ्यो । एउटा क्यानभासमा तिम्रो चित्र बनाएको Read more
कोही कोही किन यति प्यारा लाग्छन् टाढै हुन्छन् र पनि सहारा लाग्छन् । चेतनाको दियो बाली उज्यालिएका , मशाल बोक्ने हरगाउँ खारा लाग्छन् । दीन दुःखीका पीडा गीत बन्छन् जब तिनै गीत सामन्तलाई नारा लाग्छन् । पुग्छ जसै तयारी अन्तिम धक्काको तिनै पर्खाल मक्किएका गारा लाग्छन् । (कर्मैया, सर्लाही) Read more
१. गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा आबारा र केटाकेटी बटुली हिन्नु भन्दा छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन् बारी खन, भैसी पाल डुली हिन्नु भन्दा । २. घण्टी बजाउँदैमा टुपी पाल्दैमा के हुन्छ ? मुर्तीको थाप्लोमा दूध हाल्दैमा के हुन्छ ? दिनभरी अरुको खोइरो खन्दै हिन्नेहरुले साँझ र Read more
दुनियाँ शिरमा कुदाउन बाटो हुनुपर्छ, जिन्दगीमा दु:खको पनि पाटो हुनुपर्छ । दुईचारवटा पुस्तक पढेर घमण्ड नगर, जीवन पढ्न थालेपछि लाटो हुनुपर्छ। अनौठो बास्ना आउँछ टीका लागाउँछु, बाका पसिनाले भिजेको माटो हुनुपर्छ। डा. मेरै आयु सारेर बालाई बचाउनुस्, मेरी आमाको सिउदो सधै रातो हुनुपर्छ। चुह्लो नबल्दा मनमा आगो नबल्ने होइन, सन्तान Read more
किसान स्केच - एक जब गाउँमा अनिकाल पस्छ ठिक त्यो बेला कि त दिल्लीले खान्छ कि त चेन्नईले खान्छ गाउँको रणमायाहरुको अर्ग्यानिक सपना किन खान्छ ? सत्ता मौन छ । किसान स्केच- दुई आमाले जीवनको दुइ एपिसोड यै खेत खनेर बिताइन् जहाँ अहिले निर्माण भएको छ सयदिने रोजगारको आधा कल्चो Read more
तराईको विकट गाउँमा बुबाआमा र सरिता बसोबास गर्दै आएका थिए । सरिताको बुबा गाउँ कै सरकारि स्कुलमा अध्यापन गर्थेँ भने सरिता पनि सोही बिधालयमा अध्ययन गर्थिन। गाउमा छोरी मान्छेले शिक्षा लिनु युद्द जित्नु जस्तै मानिन्थ्यो। सरिताको बुवा शिक्षक भएकै कारणले अध्ययन गर्न उनलाई छुट थियो। प्रायजसो कक्षामा छात्राहरु Read more
छैन केही खाने पनि, खानी पनि छैन भुइँमान्छेको अस्तित्व कहानी पनि छैन । केही नभए पनि केही त छ भन्ने हुन्थ्यो आफ्नो त अगेनोमा खरानी पनि छैन । पानी खुवाए पनि अघाउथे नानीहरु रित्तो छ गाग्रो, आखामा पानी पनि छैन । कनिका माग्दा चामल दिएथे जस्लाई आज अभावमा कुराकानी पनि Read more





