दुनियाँ शिरमा कुदाउन बाटो हुनुपर्छ, जिन्दगीमा दु:खको पनि पाटो हुनुपर्छ । दुईचारवटा पुस्तक पढेर घमण्ड नगर, जीवन पढ्न थालेपछि लाटो हुनुपर्छ। अनौठो बास्ना आउँछ टीका लागाउँछु, बाका पसिनाले भिजेको माटो हुनुपर्छ। डा. मेरै आयु सारेर बालाई बचाउनुस्, मेरी आमाको सिउदो सधै रातो हुनुपर्छ। चुह्लो नबल्दा मनमा आगो नबल्ने होइन, सन्तान सामु आमाको ओठमा हासो हुनुपर्छ। (बर्दिया)