कोही कोही किन यति प्यारा लाग्छन्
टाढै हुन्छन् र पनि सहारा लाग्छन् ।
चेतनाको दियो बाली उज्यालिएका ,
मशाल बोक्ने हरगाउँ खारा लाग्छन् ।
दीन दुःखीका पीडा गीत बन्छन् जब
तिनै गीत सामन्तलाई नारा लाग्छन् ।
पुग्छ जसै तयारी अन्तिम धक्काको
तिनै पर्खाल मक्किएका गारा लाग्छन् ।
(कर्मैया, सर्लाही)