१. गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा आबारा र केटाकेटी बटुली हिन्नु भन्दा छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन् बारी खन, भैसी पाल डुली हिन्नु भन्दा । २. घण्टी बजाउँदैमा टुपी पाल्दैमा के हुन्छ ? मुर्तीको थाप्लोमा दूध हाल्दैमा के हुन्छ ? दिनभरी अरुको खोइरो खन्दै हिन्नेहरुले साँझ र विहान बत्ती बाल्दैमा के हुन्छ ? ३. पैतालामा आफ्नै देशको माटो लाग्दा राम्रो हुन्छ राष्ट्रको घाउ भलिएर खाटो लाग्दा राम्रो हुन्छ तिम्रो मेरो गन्तव्य र बाटो फरक पर्यो अब आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो हुन्छ । (जाजरकोट)