छैन केही खाने पनि, खानी पनि छैन भुइँमान्छेको अस्तित्व कहानी पनि छैन । केही नभए पनि केही त छ भन्ने हुन्थ्यो आफ्नो त अगेनोमा खरानी पनि छैन । पानी खुवाए पनि अघाउथे नानीहरु रित्तो छ गाग्रो, आखामा पानी पनि छैन । कनिका माग्दा चामल दिएथे जस्लाई आज अभावमा कुराकानी पनि छैन । खाडी भएपनि निर्यात गर्थे छोरालाई बनाउने दस्तुर छैन, राहदानी पनि छैन । (वार्सा, पोल्यान्ड)