लाग्छ तिम्रा आँखामा कालोपट्टी छ देखेर नदेखे जस्तै गर्छौ जानेर अञ्जन बनेका छौ तिम्रो मस्तिष्कमा खिया लागेको छ सँस्कारमा पाखण्डीपन छ व्यवहारमा स्खलन भएका छौ म मान्छे हुँ ममा पनि रातो रगत बग्छ शरीरिक अङ्ग प्रतिअङ्ग आकार प्रकार सबै समान छन्, तिमी फरक देख्छौ । वाहा क्या भ्रममा रहेछौ कथित Read more
ए हजुर आयो आयो आयो आजै खरिद गर्नु होला साह्रै राम्रो मीठो कविको पीडा पोखिएको हजार थान गद्य कविता बजारमा आएको छ । कवितासङग्रह देखाउँदै हकर फलाक्दै थियो मैले पनि केही थान कविता कनि कुथी लेखेका कारण नव कविको कविताको पुस्तक खरिद गरेर अध्ययन गरेँ । आद्योपान्त पढे लेखिएको थियो Read more
यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर्खाइमा डाली डालीमा झुलेका यादहरु । उराठलाग्दो जङ्गलमा गोठालो बनेको क्षण विरहलाग्दो स्वरमा उहिले तिमीले गाएको गीत गाउँछु साथी म Read more
केही थान, युद्धका कविता बोकेर रात छिप्पिसकेपछि मेरो घरमा आएको थियो ऊ । धेरै समय बितेको छैन क्रान्तिको गीत बोकेर बेसीबाट उकालो चढी मेरो घरमा आएको थियो ऊ। कति न समय बितेको छ र ? झुपडीका कथाहरू बोकेर भञ्ज्याङ छिचोल्दै मेरो घरमा आएको थियो ऊ। आज पनि सम्झन्छु हाम्रो गाउँका Read more
हामी लिँदैलिन्नौँ भन्छौं ऊ लिनै पर्छ भन्छ हामी दिँदैदिन्नौँ भन्छौं ऊ दिनै पर्छ भन्छ मेरो निर्णय म फिर्ता लिँदैलिन्न भन्छ नलिइकन सुख म दिँदैदिन्न भन्छ यो दान हो भन्छ अनुदान हो भन्छ जो लिन्न भन्छ ऊ वेइमान हो भन्छ हत्तेरिका ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! Read more
सहस्र किरणहरुमा दासताको विष भरेर लाखौँ ताराहरूलाई गिज्याउँदै अँध्यारोको साम्राज्यसित यो धरतीको उज्यालो साट्ने सम्झौता गर्दैछ एउटा सूर्य महासय ! यो गद्दारीवेशन हो; महाधिवेशन हुनै सक्दैन !! भित्र्र्याउँदै घातक बहुराष्ट्रिय कार्वनडाइअक्साइड आफ्नै सञ्जीवनीको अथाह र स्वच्छ अक्सिजन आवधिक रूपमा आणविक हतियारको कारखानातिर खुलेआम बुझाइरहेछ एउटा बूढो रुख महासय ! यो Read more
जिन्दगीको खाली पानामा सम्झौताका बुँदाबुँदा थुपारेर समर्पणका शब्दहरूमा दायाँबायाँ थिची सहिछाप गरिदिएको छु साक्षी किनारका सदर मानी कहिल्यै चुक्दिन सम्झौताभन्दा पर गएर भनेर। थर्थर काँपेथ्यो शरीर, लर्बराएथ्यो हात सुकोमल मेरा चक्रहरुमा लत्पतिएथ्यो अशान्तिका धर्साहरु तर बेचैन थिएन मन तिमीसँग समाहित हुनुको अलौकिक खुशीमा भुलेको थिएँ हजारौं पीडा अनि दर्दहरुलाई । Read more
भत्किनु पूर्व मन्दिर,चर्च र मस्जिद भित्र आस्था र बिश्वासको साम्राज्य थियो मानौ यो दुनियाँ नै एकाकार थियो समयको रुपान्तरण सँगै आस्था र बिश्वासका धोतकहरु गर्याम् गुर्लुम ढले । युग प्रारम्भको शुन्य बिन्दुमा चेतनाको छाल उठ्न थालेपछि बिश्वासको प्रादुर्भाव भएको थियो आस्थाको सगरमाथा अग्लिएको थियो। त्यस बेलामै चेतनाको शल्यक्रिया गर्दै गर्दा Read more
बिसाएर बिसाउन नसकिने घटाएर घटाउन नसकिने समस्यै समस्याको भारीहरू बोकेर हिँड्दैछु निरन्तर जिन्दगीको घुम्तीहरूमा निधारबाट बगेको जलधारामा दैनिक स्नान गर्दै चढ्दैछु निरन्तर म जिन्दगीका हिमशिखरहरू । पाइला पाइलामा पहिरोको डर बोकेर कठ्याङ्ग्रिने जाड़ोमा शरीर कपाउँदै कपाउँदै उभिइरहेको हुन्छु कुनै हिमश्रृङ्खलामाथि विवश बनेर लाचार बनेर। कहिलेकाँही त झनै अन्धाधुन्ध बगाउने गर्दछन् Read more
भुलहरू पनि विचित्रकै हुन्छ्न् चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने परालको गुन्द्रीमा सुकाउन नसक्ने तीघ्राको पिलो निचोरेझैँ निचोरेर आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू । भुलहरू भुलजस्तै हुन्छ्न् अरू केही जस्ता हुँदैनन् । भुलहरूको प्रजनन क्षमता हुन्छ एउटा भुलले कति कति भुल जन्माउँछ माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ ऐँठन हुनेगरी निचोरेर वाँइ Read more