यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर्खाइमा डाली डालीमा झुलेका यादहरु । उराठलाग्दो जङ्गलमा गोठालो बनेको क्षण विरहलाग्दो स्वरमा उहिले तिमीले गाएको गीत गाउँछु साथी म फेरि गाउँछु तिमी जाँदै गर म पछ्याउँछु हुरीका पाइलाहरु (रुकुम पश्चिम)