स्वार्थको झण्डा उचाले गाला चड्काउनु
बेइमानीको दियो बाले गाला चड्काउनु ।
तिम्रै हुन्छु सधैं भन्ने विश्वास दिलाएर
पिरतीको गजुर ढाले गाला चड्काउनु ।
यश कमाउने अनगिन्ती बाटा छोडेर
सम्पति मै हत्ते हाले गाला चड्काउनु ।
धन दौलतको सडकमा हिँड्न पाउँदैमा
इज्जतको दौरा फुकाले गाला चड्काउनु ।
अन्जानमा भएका भूल माफ हुन सक्छन्
शीर नै झुकाउन थाले गाला चड्काउनु ।
(बागमती ११,कर्मैया,सर्लाही)