हामी लिँदैलिन्नौँ भन्छौं ऊ लिनै पर्छ भन्छ हामी दिँदैदिन्नौँ भन्छौं ऊ दिनै पर्छ भन्छ मेरो निर्णय म फिर्ता लिँदैलिन्न भन्छ नलिइकन सुख म दिँदैदिन्न भन्छ यो दान हो भन्छ अनुदान हो भन्छ जो लिन्न भन्छ ऊ वेइमान हो भन्छ हत्तेरिका ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! बिजुलीले झिलीमिली बनाइदिन्छु भन्छ भिर पहरामा बाटो खनाइदिन्छु भन्छ भारतको पीर नगर भाइ हो मेरै गोजीको हो त्यो मनाइदिन्छु भन्छ आऊ मतिर ढाड फर्काऊ म कनाइदिन्छु भन्छ शिकारी अनुहारको छ हातभरि रगत लतपतिएको छ तै पनि किन महादानी बन्छ ? यो लाटोसोझो मनले छाँटकाँट निको छैन भन्छ हत्तेरिका ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! पैसा लिएर आएको छु छिर्न देऊ भन्छ वेफिक्री हिमालसम्म घुम्न फिर्नदेऊ भन्छ कानेखुसी गर्छ ऊ विभिषणहरूसँग तिब्बत छिरेर चीनलाई पिर्न देऊ भन्छ हाप्सिलो कराएको छ सातो-पुत्लो हराएको छ यो मन बेस्सरी डराएको छ हत्तेरी ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो । मरिगए फर्केर जाँदैजान्न भन्छ पाप लाग्छ फिर्ता लाँदैलान्न भन्छ पार्टी किनेको छ पत्रकार किनेको छ सम्पादक किनेको छ साधुसन्त किनेको छ बुध्दिजीवी किनेको छ ब्यापारी-उद्योगपती किनेको छ सरकार किनेको छ प्रतिपक्षी किनेको छ हलो, चार तारा र हँसिथा हथौडा किनेको छ कर्मचारी, प्रहरी, सिपाही सबै किनेको छ क-कस्लाई हात लिने हो क-कस्लाई लात दिने हो सबै सबैलाई चिनेको छ कुरा चिन्न र कुरा छिन्न असबाफ परेको हामीलाई मात्र हो उसले त को कताका सबै चिनेको छ उसले त आफ्नो कुरा उहिलै छिनेको छ हत्तेरिका ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! मिठाईको बट्टामा हालेर ल्याएको विष हो भन्ने पनि थाहा छ अम्रिकाने गतिलो होइन ठिस हो भन्ने पनि थाहा छ हिन्द-प्रसान्त फौजी खेलोमेलोको चीनलाई घेर्ने / साटो फेर्ने रिस हो भन्ने पनि थाहा छ थाहा पाई पाई पनि फस्नु फसियो जोर साँढे छन हुक्राँ गर्दै आफू बाछो बिचमा बसियो हत्तेरी क्या फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! सङ्केत पटक्कै राम्रो छैन हामी चुपचाप बस्यौं भने 'पचास अरव बाफ्रे !' भन्दै बेकार लोभमा फस्यौं भने बिचरा सापलाई जाडो भएछ भन्दै तातो तेल घस्यौं भने प्राण भर्ने कि ? आँट गर्ने कि ? देशको लागि बागी बनी लागिपर्ने कि ? देश उचाल्छ कसले माथि आफैं खाडलमा खस्यौं भने अझै पनि छ संभावना हामीले कम्मर कस्यौं भने हत्तेरिका ! क्या फसाद पर्यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! (माइतीघर, काठमाण्डौ)