शान्तमा अति शान्त सुन्दरमा अति सुन्दर प्रकृतिमा निछट्टो प्राकृतिक चञ्चलतामा विछट्टै चञ्चल भर्जिनमा अति भर्जिन अचम्ममा साह्रै अचम्म यी सबैको उचाइ एक पटक नाप्नुछ भने चुचेमारा र काञ्जिरोवाको आडमा छायाँनाथ र ऋणमोक्षको आशिर्वादमा अजम्मरी बूढो नहुने जवानी पाएकी स्वर्गकी अप्सरा ! हिमालकी रानी ! नेपालकी जननी ! रारा हेर्न आउनु Read more
न बम छ न गोली लडाइँ छ चर्को ! हिजो आज भोलि लडाइँ छ चर्को ! न ऐया न आथा न छ हान मार न रगतको होली लडाइँ छ चर्को !! न मार्चपास सैन्य न चिलगाडी नौलो ! न ढल्दै छ चोली लडाइँ छ चर्को !! ठूलै भार यसको Read more
ऊ आयो र नानीहरूबाट खोसेर निर्जीव ढुङ्गामा दुध घोप्ट्यायो ! ऊ फेरि आयो र श्रमिकहरूको गोजी काटेर श्रीपेजजस्तो सुनको गजुर लगायो ! ऊ पुन: आयो र भक्तहरूलाई लठ्याएर बारजस्तो अनुष्ठानमा अहिल्या नचायो ! °°°°° बढो गजबको छ उसको त सोखको परिपाटी पनि ! चैतन्य दियो निभाएर ऊ विज्ञानको अस्तु सेलाउँछ Read more
गाउँघरमा जो कसैलाई गाह्रोसाह्रो परे दुःख अप्ठ्यारो परे सबैले पुकार्ने एउटै नाम हो ‘धनबहादुर मुखिया ।’ हुनत बैंक सहकारीले भन्दा चर्को ब्याज असुलेपनि आफ्नो समस्या खुलाउनसाथ बिना झन्झट रुपैयाँ पैसा दिई नै हाल्थे । आर्थिक कुरामात्र हैन घरमा चुलो नबल्ने भयो भनेपनि घनबहादुर कहाँ गाउलेहरू राशनको जोहो गरिदिनुप¥यो Read more
अनिल श्रेष्ठ क्रान्तिचेत बोकेर उदाएका कवि हुन् । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा जन्मिएर आँबुखैरेनीलाई नै आफ्नोे कर्मथलो बनाएका अनिल श्रेष्ठले आँबुखैरेनीलाई नै साहित्यको सिर्जनथलो पनि बनाएका छन् । बि. ए. सम्मको अध्ययन रहेको उनको लेखनकर्म भने विद्यालय पढ्दादेखि सुरु भएको हो । लगभग पचासको दशकको पूर्वाद्धदेखि नै विभिन्न पत्रपत्रिकामा उनका Read more
खरको छानो बुकुरो सानो टाल्यौ कि टालिनौ सम्साँझ आमा पालामा बत्ती बाल्यौ कि बालिनौ गै सक्यो दशैं आइपुग्यो तिहार दुनियाँ भन्दा हुन् बिदेशी छोरा टाढा छन् छोरी अनि दिन गन्दा हुन् । आँगनी डिल गुर्धाैली थुङ्गा फुल्यो कि फुलेन ? त्यो गैरी खेत अनदी धान झुल्यो कि झुलेन ? Read more
टुक्रिएका मन मुटु सिउँदै छु आज पानी बिना माछा जस्तै जिउँदै छु आज । हरेक रात सपनीमा देख्दा तिमीलाई बिर्सने बहानामा रक्सि पिउँदै छु आज । रातो साडी सिन्दुर पोतेमा तिमीलाई देख्न भनि तिम्रो बाटो चियाउँदै छु आज । आफ्नो मान्छे पराइको साथमा देखेर विदाईका हातहरु हल्लाउँदै छु आज Read more
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफूले उम्मेदबारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टीभित्रका युवापुस्ताको सम्मान हुने, पार्टी अझै सुदृढ र लोकप्रिय हुनेजस्ता तर्कहरू अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्वसमक्ष दवाव दिइरहेको थियो । उसको अनुरोधजन्य दवावले पटक्कै काम Read more
मिठो सपना ऊ आकाश भएर गयो चाडै फर्किन्छ भन्ने विश्वास भएर गयो । ए ! सपनाका मलामीहरु हो नआउन मलाई त उस्कै आभाष भएर गयो ।। सबका नजरमा उस्तै खुल्दैन मान्छे महाजन नै यहाँ दास भएर गयो ।। सतिप्रथा मैले नि जाने बा भन्नुहुन्छ आज त ती सब इतिहास भएर Read more
उदासीको आँखिझ्यालमा बसेर जब हेर्छु यो दुनिया देख्छु उस्तै हुनुको भ्रममा डुवाएर मान्छेलाई हरेक क्षण फरक युग बाँच्न समयको मैदानमा ओहोर–दोहोर गरिरहने इन्द्रेणी दृश्यहरू । हरेक दिन वल्लो पाखा–पल्लो पाखा गरिरहन्छ सूर्य सूर्यकै ढाडमा टेकेर हरेक दिन ओहोर–दोहोर गरिरहन्छन् बिहान र साँझ र, हरेक रात अँध्यारोको सागरमा आफ्नो रूप Read more