उनीहरू देशबाट गाउँ आए (गाउँमा राजधानीलाई देश भनिन्छ) यता गाउँ रुङ्ने डाँडाको घाम जूनबाट एक थप्को आशिष् थापे केहि थान सेल्फी खिचे कोही कुवा पँधेरा कोही खेतवारी घुम्दै डिलिट हुनै लागेको झल्को मेटे र दशैँ नसकिदै लुसुक्क देश नै फर्किए । अचेल गाउँसम्मै पुग्छ कच्ची रोड बडो कथा छ Read more
छेउको मान्छेबिचमा पुग्छ पुग्छ एक दिन धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन ! कतिन्जेल रमाउला र पराजय पनि हारबाट जीतमा पुग्छ पुग्छ एक दिन ! संघर्षको बाटो यो छिचोलेपछित हेयबाट मितमा पुग्छ पुग्छ एक दिन ! आफैं कस्छ लगाम यो नयाँ बिहानीले छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन ! (सर्लाही) Read more
हाइकमानको अति गोप्य बैठक चल्दै थियो । अध्यक्षले कुरा राख्नु भयोऽ, ” हामीलाई राम्रोसँग थाहा छ । वहाँले गरेको कृयाकलाप मानवता बिरोधी तथा गैरकानुनी हो । यसबाट पार्टीको सामाजिक प्रतिष्ठा समाप्त हुन्छ तर के गर्ने ? वहाँ हाम्रो ठूलो महान् जिम्मेवार नेता हो । प्रहरीको फन्दा तथा न्यायालयको डण्डाबाट जसरी Read more
तिमीले उन्मुक्ति रोज्यौ मृत्यु रोज्ने त ओखरघारीको पाखोमा उहिले लहरै गाडिएका चिहानहरुसँगै छ । तिम्रो चरित्र फेरिए पनि तिम्रो विचार बदलिए पनि ऊ त उही विचार र चरित्रसँगै काफलघारीको पाखोमा गाडिएको अवस्थामा अझै कङ्कालसँगै छ । जुन विचार बोकेर तिमीले आगोमा होमिन सिकायौ तिमीले त्यो विचार छोड्छौ भन्ने थाहा पाएन Read more
नयाँ पेशामा आबद्घ भएपछि नयाँ पद्घतिको ज्ञान पाएपछि मभित्रका कुण्ठाहरू मभित्रका चाहनाहरू अचम्मले फेरिएकाछन् रातारात । कति सहनु श्रीमतीको ‘सपिङ’को इच्छा पूरा गर्न नसक्नुको पीडा कति पैदल हिँड्नु साथी कार चढेको बाटो कति चलाउनु तिनै एन्ड्रोइड फोनहरू आइफोनको जमानालाई कति लत्याउनु दिनभरिको थकानपछि कति त्यही ठर्रा पिएर काम चलाउनु कति Read more
सिकाएको मैले नै हो भाइ औँला भाँचीभाँची मसँग खेल्थ्यो दसैँ आयो खाउँला पिउँला कहाँ पाउँला चोरी ल्याउँला धत, पापी ! छुट्टै बसौँला । भाइले दसैँ कहाँ आयो भनेर सोध्दा मैले देखाएको परको डाँडो भाइले हेरिरहन्थ्यो र अलिकति कल मिसाएर सोध्थ्यो त्यो डाँडा कति टाढा छ ? त्यहाँबाट दसैँ आउन Read more
उ बेला जमाना नै अर्को थियो, हात्तीछाप चप्पलमा ती नेता गाउँ आउथे, भूमिगत शैलीमा पर्चा छरेर जनता जनार्दनलाई सचेतना फैलाउँथे । क्रान्ति र भ्रान्तिको अनेकन कथाले गाउँलेको रगत उमालेर आजै देश र जनताको मुक्तिको लागि मुठ्ठी कसेर अगाडि बढौँ भनेको अझै याद छ । कुनै बेला ती नेता निकै भलाद्मी Read more
गाउँमा रित्ताघरको संख्या बढ्न लाग्यो । गृहत्यागको साइत जुराएर पण्डितले निकै कमाए । बसाईं जानेको लर्कोले बाटाघाटो भरियो । बाटोको चिया खाजा पसल केही समय चम्किए । सबैको मुखमुखबाट निस्कियो, “जान्नेले बेलैमा गाउँ छोड्नु नै राम्रो । उता गए छोराछोरी पढ्छन् । गरिखान पाइन्छ । पैसा कमिन्छ । यहाँ के Read more
युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
मणिप्रसाद अर्याल २०२८ भरतपुर चितवनमा जन्मिएका हुन् । पिता पुरुषोत्तम र माता हेमकुमारीका छोरा मणिप्रसाद अर्याल साहित्यमा मणि रत्नका नामले परिचित छन् । यसअघि प्रकाशित यिनका फुटकर रचनाहरूले मणिको साहित्यिक व्यक्तित्व केकस्तो हो भनेर चिन्न उनीसँग परिचित भावकहरू सक्षम पनि छन् । हालको बसाई बाँकेको खजुराभन्दा अगाडि मानखोलातिर रहेका मणिको Read more





