न बम छ न गोली लडाइँ छ चर्को !
हिजो आज भोलि लडाइँ छ चर्को !
न ऐया न आथा न छ हान मार
न रगतको होली लडाइँ छ चर्को !!
न मार्चपास सैन्य न चिलगाडी नौलो !
न ढल्दै छ चोली लडाइँ छ चर्को !!
ठूलै भार यसको छ जित्ने र हार्ने !
बडो रिस्क मोली लडाइँ छ सर्को !!
एतापट्टि पुष्पकमल र अरु छन !
उतापट्टि ओली लडाइँ छ चर्को !!