मिठो सपना ऊ आकाश भएर गयो
चाडै फर्किन्छ भन्ने विश्वास भएर गयो ।
ए ! सपनाका मलामीहरु हो नआउन
मलाई त उस्कै आभाष भएर गयो ।।
सबका नजरमा उस्तै खुल्दैन मान्छे
महाजन नै यहाँ दास भएर गयो ।।
सतिप्रथा मैले नि जाने बा भन्नुहुन्छ
आज त ती सब इतिहास भएर गयो ।।
थाहा छ भूकम्प आउँछ अनि जान्छ
तर अझै उस्तै त्रास भएर गयो ।।।
(नुवाकोट)