टुक्रिएका मन मुटु सिउँदै छु आज पानी बिना माछा जस्तै जिउँदै छु आज । हरेक रात सपनीमा देख्दा तिमीलाई बिर्सने बहानामा रक्सि पिउँदै छु आज । रातो साडी सिन्दुर पोतेमा तिमीलाई देख्न भनि तिम्रो बाटो चियाउँदै छु आज । आफ्नो मान्छे पराइको साथमा देखेर विदाईका हातहरु हल्लाउँदै छु आज । तिम्रो साथमा जन्ती हुदा मेरो लागी मैले मसानघाटमा मलामी ल्याउँदै छु आज । (रुकुमकाेट)