दुई जना असाध्यै मिलनसार साथीहरु थिए अक्रम र विक्रम । विक्रम मेहनती थियो, पढाइमा खुब ध्यान दिएर पढ्थ्यो । कक्षामा उत्कृष्ट थियो तर अक्रम फन्टुस थियो । सानैदेखि फटाहा र छुचो थियो । विद्यालयमा पनि अक्रमलाई कोही मन पराउदैनथे । SLC गरिसकेपछि दुबै साथीहरूको बाटो छुट्टाछुट्टै बन्यो । Read more
पानीको थोपा रहेछ सम्झना खसेर जान्छ कि कतै हृदयको अन्जुलीबाट । सधै भन्ने गछ्र्याै तिमी मलाई ओ ! निष्ठुर मान्छे लाग्दैन अलिकति पनि लाग्दैन तिमीलाई मेरो माया । थाहा छ के तिमीलाई तर कति बेइमान छ यो छातीको देब्रे कुना अनायासै आइदिन्छ बोकेर तिम्रा यादहरू परेलीमा बेइमान त म छु Read more
जाडोको याम शुरु हुनै लागेको थियो । अचानक एकदिन खलङ्गा बजारमा नयाँनौला युवाहरूको चहलपहल देखियो । सीतापुलमा पनि मान्छेको भीड देखियो । सदरमुकाम आएको व्याँस गाउँपालिकाको भुमिसिँह धामीले पनि तिनलाई देख्यो । ‘को हुनन् यिनीहरू ?’ सोधखोज ग¥यो । जोशिला.युवाहरू लिपुलेक जानलागेका रहेछन् आफ्नो हकदावी जनाउन, रातो भुईँमा सेता चहकिला Read more
आठौँ योजनाको कमाण्डस्तरीय केन्द्रिकृत ऐतिहासिक सफल कारवाहीपछि विकेन्द्रित कारवाही देशब्यापी भइरहेको थियो । त्यसक्रममा पूर्वी कमाण्ड अन्तर्गत चारवटा कम्पनीमा दुई नम्बरले पाँचथरको गापेटार रेड (०५८ माघ १२ ) गते, एक र दुइ नम्बरले काभ्रे भकुण्डेबेसी(२०५८ माघ १२) गते । हाम्रो चार नम्बर कम्पनीले सर्लाही लालबन्दी प्रहरी चौकी आक्रमण ग¥यो । Read more
प्रश्न त तिमीले सोधेका हौ सधै..! खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा, सोधेका हौ- ‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी ! मानौँ, म छोरो भै जन्मेर मेरा बा-आमाको जीवन फेरिएको थियो ! अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा, सोधेका हौ- कुन लाहुरेले दियो र लगाइस् ? मानौं, मैले पौरखले नयाँ Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more
राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छेबाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदासमेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी Read more
सिकार गर्ने बलवान्, सिकार हुने कमजोर । शक्तिको पूजा हुन्छ जहाँ पनि । त्यसैले शक्तिशाली जहिले पनि माथि, कमजोर सधैँ तल । चर्काे आवाज सुन्छ समाज पनि, मसिनो र कमजोर आवाज कसैको कानमा पुग्दैन । मान्छे स्वार्थप्रेरित छ । स्वार्थको परिपूर्ति बलवान्बाट मात्र हुन्छ, त्यसैले संपूज्य हुन्छ बलवान् । सत्यभन्दा Read more
“अंकल तपाईंको सम्पर्क नम्बर दिनुहोस् न ।” “९८०४…………….” जुन दिन निकेश र अर्चनाको प्रथम भेट भएको थियो अर्चनाको वाकवोली निस्केर पहिलो वाक्य नै सम्पर्क नम्वर मागेको र निकेशले आफ्नो नम्बर दिएको कुरा वाहेक उनीहरूबिच अरू कुनै कुरा हुन पाएन । उनीहरूको भेट त्यस्तो समयमा भएको थियो जहाँ भीडमात्र थियो Read more
तिम्रो निधारको पहराबाट नाकको भञ्ज्याङ हुँदै तलतल खसिरहेको पारदर्शी ऐनाजस्तै पसिनामा किन सफेदपोस मालिकहरूको कुटिल मुस्कान चम्किरहेको देखिन्छ ? ए! मजदुर दाइ पहरा फोरेर छहरा भई सागर लम्किरहेको नदीलाई सोधी हेर त । तिम्रो फोक्सोको खलाँती पैँचो मागेर खेतका गराहरूमा महकिलो लय हालिरहेको भदौरे बतासको मिठो बयेलीमा किन Read more