अब भोलि एउटा छोटो चिनारी हुनेछ
सातै जुनी सँगै काट्ने तयारी हुनेछ ।
घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे
पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ ।
जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ?
आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ ।
आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ
बिर्सिएछौ ऊ त केवल शिकारी हुनेछ ।
हाँस्नै छाड्नु, बोल्नै छाड्नु, सपनै नदेख्नु ?
किनकि ऊ कसैकि श्रीमती अनि बुहारी हुनेछ ??
(सिड्नी, अस्ट्रेलिया)